नेपाली कांग्रेस जनसंपर्क समिती जर्मनीको अध्यक्षमा युवा नेता कार्की उम्मेद्बारी
जर्मनी । नेपाली कांग्रेस जनसंपर्क समिती जर्मनीको अध्यक्षमा लोकप्रिय युवा तेजेन्द्र कार्कीले उम्मेद्बारी घोषणा गरेकाछन ।
नेपाली कांग्रेसको आर्दश र सिद्धान्तमा अबिचलित कार्कीले यस अघि पटक पटक साथीहरुलाईं जिम्मेवारी सुम्पिएकोमा यस पटक साथीहरुकै आग्रहमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताए ।
आगामि नोभेम्भर २९ मा जनसम्पर्क समितिको निर्वाचन हुँदैछ । नेपालमा रहँदा पनि कार्की पार्टी गतिबिधि एवं सामाजिक क्रियाकलापममा निकै सक्रिय थिए ।
गैर आबासीय नेपाली अभियान र प्रबासका नेपालीले ब्यहोर्नु परेका समस्यामा सहयोग गर्न सधैं तत्पर कार्की नयाँ जिम्मेवारी पाए थप सशक्त रुपमा अघि बढ्ने आत्मबिश्वास पनि ब्यक्त गर्छन् । युरोपमा संगठनलाई मजबुत बनाउने र जर्मनबासी नेपाली समुदाय सँग मिलेर नेपाल र नेपालीका काम गर्न आफु सँग अल्पकालिन र दिर्घकालिन योजना रहेको कार्कीले बताए ।
कार्की नेपालमा राजनीतिक पृष्ठभूमि भएका परिवारका सदस्य हुन् । उनी बर्तमान सञ्चारमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीका भाई हुन् ।
Comments
अरु समाचार
-
‘पत्रकारिता स्वच्छ, मर्यादित र सशक्त हुनुपर्छ’: मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वच्छ, मर्यादित र सशक्त पत्रकारिताका माध्यमबाट विकास र समृद्धिको यात्रालाई पूरा गर्न सकिने...
-
पूर्वमन्त्री शर्माद्वारा देश विकासका पक्षमा कलम चलाउन सञ्चारकर्मीसँग आग्रह
काठमाडौं । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक स्थायित्व र देश विकासका पक्षमा कलम चलाउन सञ्चारकर्मीसंग आग्रह गरेकि छन्...
-
काठमाडौँवासीलाई बाह्रै महिना शुद्ध खानेपानी उपलब्ध गराउने मन्त्रालयको तयारी
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई बाह्रै महिना मेलम्चीको शुद्ध, सफा खानेपानी उपलब्ध गराउने वातावरण तयार गर्न मन्त्रालयले पहल गरिरहेको...
-
सहकारी ठगी गर्ने कसैलाई छाड्दैनौँ : मन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी बनेको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएका जोसुकै व्यक्तिलाई सरकारले...
-
संविधान संशोधन गर्न कार्यदलले आन्तरिक रूपमा काम गर्दैछः उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरूसँग छलफल गरेरै संविधान संशोधन प्रक्रिया अघि बढाउने बताएका...
-
एमाले सचिवालय बैठक आज बस्दै
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दै छ । एमाले केन्द्रीय...
-
सार्कलाई सक्रिय बनाउन आबद्ध मुलुकको भूमिका आवश्यक : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले मङ्गलबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री...
-
संविधान संशोधनको विषयमा छलफल प्रारम्भ गरिसकेका छौँः गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन समावेशितालाई कमजोर गर्ने नभई थप सुदृढ गर्नका लागि हुने बताएका छन्। मंगलबार काठमाडौँमा...
-
प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री...