एमालेको कुम्भमेला र हाम्रो विचार निर्माण अभियानबीच तुलना हुनै सक्दैन : प्रचण्ड
काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेको दसौं महाधिवेशनलाई कुम्भ मेलाको संज्ञा दिएका छन् ।
चितवनको भतरतपुर महानगरमा शुक्रबारदेखि जारी दसौं महाधिवेशनमा विचार र बहसलाई कुनै ठाउँ नदिइएको पनि उनले बताए ।
पालिका अधिवेशनलाई भर्चुअल माध्यमबाट उद्घाटन गर्दै दाहालले शनिबार पार्टीमा विचारको विकासका लागि बहस गर्नुपर्ने र संगठित संरचना चुस्त पार्नुपर्ने बताए । आफ्नै निर्वाचन क्षेत्रमा आयोजित एमालेको दसौं महिधवेशनलाई शुभकामनासम्म दिन नगएका दाहालले आलोचना गरेका हुन् ।
‘हिजो हामीले कुम्भमेलाजस्तो मेला देख्यौं । जहाँ विचार र बहसलाई कुनै ठाउँ छैन । त्यहाँ जनतालाई भ्रम दिने ध्यान मात्रै छ,’ दाहालले भने । उनले एमालेको महाधिवशेनलाई ‘तथाकथित’ भएको बताए ।
राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादीले विचारको बहसलाई प्राथमिकता दिने दाहालको भनाइ थियो । ‘तथाकथित महाधिवेशन भइरहेका छन् । ती सबैभन्दा भिन्न हामी विचार, राजनीतिक लाइन, संगठनात्मक कार्यदिशाका साथै हाम्रो कार्यशैली र आचार व्यवहारलाई प्राथमकिता दिने सम्मेलन गर्दैछौं,’ उनले भने ।
एमालेको महाधिवेशन र माओवादीले आयोजना गर्न लागेको राष्ट्रिय सम्मेलनमा कुनै तुलना हुन नसक्ने दाहालको भनाइ थियो । उनले भने, ‘अरुका तथाकथित अधिवशेन र हाम्रो विचार निर्माण, विचार विकास र विचार संश्लेषणको, सम्मेलनको कुनै तुलना हुन सक्दैन ।’
प्रचण्डले माओवादीप्रति जनतामा आशा जागेको पनि बताए । उनले माओवादीप्रति तराई-मधेसदेखि हिमालसम्म जनाधार बढ्दै गएको पनि दाबी गरेका थिए । उनले माओवादी कमजोर भयो भने परिवर्तनका एजेन्डा कमजोर हुने, राष्ट्रियता कमजोर हुने र देश दुर्घटनामा जाने भन्दै पार्टी सदस्यहरूलाई आफ्ना एजेन्डाप्रति दृढ रही रक्षा गर्न निर्देशन दिए ।
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












