महाधिवेशनको ‘म्यान्डेट’ हेरेर उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ : नेता नेम्वाङ
काठमाडाैँ । नेकपा एमालेको दशौँ महाधिवेशनमा नेता सुवासचन्द्र नेम्वाङले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
वरिष्ठ उपाध्यक्ष दाबी गरिरहेका नेम्वाङले महाधिवेशनको म्यान्डेटले उपाध्यक्षमा लड्नका लागि आदेश दिएको बताएका छन् । चितवनमा रहेका नेम्वाङले सोमबार दिउँसो पत्रकारहरूसँगको कुराकानीमा यस्तो बताएका हुन् ।
वरिष्ठ उपाध्यक्षमा दाबी गरेर अन्तिममा उपाध्यक्षमा मात्र रहनुभयाे ? भन्ने प्रश्नको उत्तर दिँदै उनले भने, ‘वरिष्ठ उपाध्यक्षमा दाबी गरेको होइन। मलाई सबैले उठ् भनिराखेका छन्। त्यसैले चुनावमा उठ्नुपर्याे भने वरिष्ठ उपाध्यक्षमा उठ्छु भनेको थिएँ । तर, त्यतिवेलै मैले भनेको थिएँ– यो पार्टीका लागि यतिवेला सर्वसम्मत नेतृत्व चयन अनिवार्य, अपरिहार्य छ। केपी ओलीलाई अध्यक्षमा राखेर उहाँको वरिपरि सर्वसम्मत नेतृत्व चयन गर्नुपर्छ । तर, त्यसो गर्ने कोसिस गर्दागर्दै पनि कदंकदाचित निर्वाचन हुने हो भने, मेरा मित्र, शुभचिन्तकहरूको सल्लाहले म निर्वाचनमा जान्छु भनेको थिएँ। सर्वसम्मत नेतृत्वको प्रक्रिया अगाडि बढ्यो र मलाई पार्टीले आदेश दियो। अध्यक्ष कमरेडले राख्नुभएको प्रस्तावलाई हलले थपडी बजाएर जब पास गर्याे । त्यो प्रक्रियाबाट मलाई अहिले तपाईं उपाध्यक्षमा लड्नुस् भनेर भन्यो । त्यसैले मलाई लागेको कुरा मैले अध्यक्षलाई भनेँ, भनेको छु । तर, पार्टीको आदेश र महाधिवेशनको जुन म्यान्डेट छ, त्यो म्यान्डेटलाई ध्यानमा राखेर मैले उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ ।’
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












