राप्रपाले परिवर्तनको गतिलाई रोक्ने चेष्टा नगरोस् : माधव नेपाल
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले परिवर्तनको गतिलाई रोक्ने चेष्टा नगर्न राप्रपासँग आग्रह गरेका छन् ।
राप्रपाको महाधिवेशन उद्घाटनमा बोल्दै अध्यक्ष नेपालले राप्रपाले राष्ट्रियताको एजेण्डालाई अगाडि बढाउनुपर्ने तर परिवर्तनलाई रोक्ने चेष्टा गर्न नहुने बताए । ‘राप्रपाले उठाएको राष्ट्रियताको एजेण्डालाई उठाइराखोस् तर परिवर्तनको गतिलाई रोक्ने काम नगरोस् । इतिहास बदल्ने चेष्टा नगरौं, अघि बढिसकेको इतिहास अब पछाडि जान सक्दैन’, नेपालले भने ।
उनले राजनीतिक परवर्तनको मूल कारण आन्तरिक हुने भन्दै सबै परिवर्तनमा विदेशी शक्तिलाई दोष दिन नहुने बताए । ‘परिवर्तनको मूल कारण आन्तरिक हुन्छ । परिवर्तनको मूल कारणलाई बाह्य ठानिनु हुँदैन । विदेशीहरूले हस्तक्षेप कति गरे, कति गरेनन् या अहिले कति गरे सबै थाहा छ । यसमा हामी सतर्क हुनैपर्छ । सतर्क भएनौ भने विदेशीको जालमा पर्छौं’, नेपालले भने ।
उनले नेपालमा देशभक्त, लोकतान्त्रिक र परिवर्तनकारी गरेर ३ खालको राजनीतिक चरित्र रहेको बताए । एकीकृत समाजवादीले ती तिनवटै विचारलाई अगाडि बढाउने उनले बताए ।
यथास्थितिमा रहने वा पछाडि फर्कने कुरा राष्ट्रहितमा नहुने भन्दै नेपालले परिवर्तनको पक्षमा सबै उभिनुपर्ने बताए । राजनीतिक दलहरूले नेपाल राष्ट्र र नेपाली जनताको हितलाई सबैभन्दा बढी महत्व दिनुपर्ने भन्दै नेपालले गफ दिने नेता र पार्टी अब काम नलाग्ने बताए ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












