माओवादीभित्र ‘टीकेप्रथा’ ले सांगठानिक अराजकता बढ्यो, पदाधिकारीबिना चल्दै भ्रातृ संगठन
केस- १
नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालको शनिबार चौथो महाधिवेशन भयो र आइतबार सकियो । महाधिवेशनबाट अध्यक्षमा विष्णु सापकोटा र केन्द्रीय सदस्यहरूको घोषणा भयो । केन्द्रीय समितिको पहिलो बैठकबाट पदाधिकारी छान्ने भन्दै महाधिवेशन सकिएको घोषणा गरियो ।
केस-२
माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) को २२ औं सम्मेलन गत असोज १५-१६ मा भयो । तर, सम्मेलनले अध्यक्षबाहेकको नेतृत्व दिन सकेन ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अध्यक्षमा पञ्चा सिंह हुने निर्णय लिए । अध्यक्षका दाबेदारसमेत सम्मिलित फ्याक्सन समितिले केन्द्रीय सदस्य र प्रदेश समितिको टुंगो नलगाइ असोज १८ मा केन्द्रीय पदाधिकारीमात्रै घोषणा गर्न खोजेपछि सम्मेलनमा आएका प्रतिनिधिहरू असन्तुष्ट बनेका थिए । विधान कार्यान्वयन नगरेको भन्दै प्रतिनिधिहरूले नाराबाजी र तोडफोडसमेत समेत भएको थियो । विवाद समाधानको जिम्मा माओवादी स्थायी समितिले पूर्वअध्यक्ष हितमान शाक्यलाई दिएको भए पनि अहिलेसम्म कुनै समाधन निस्केको छैन ।
केस- ३
योङ कम्युनिष्ट लिग (वाईसीएल) को अवस्था पनि फरक छैन । गत भदौ १२-१३ मा वाईसीएलले राष्ट्रिय भेला आयोजना गर्यो । करिब एक हप्तासम्म पनि नेतृत्व चयन गर्न नसकेपछि २३१ सदस्यीय केन्द्रीय समिति बनाउने घोषणा गरिएको थियो । त्यसको एक हप्तापछि बसेको केन्द्रीय समितिको पहिलो पूर्णबैठकले सुमन देवकोटालाई राष्ट्रिय सम्मेलन आयोजक समिति संयोजकको जिम्मेवारी दिएको थियो । त्यस्तै सुबोध शेर्पाइलीलाई सहसंयोजक बनाइयो । अब उनको नेतृत्वमा तेस्रो राष्ट्रिय सम्मेलन भएपछि मात्रै वाईसीएलले पूर्ण नेतृत्व पाउने छ तर यो कहिले हुन्छ भन्ने ठेगान छैन ।
अझैं ‘जनवादी केन्द्रीयता’ को ह्याङओभर बाँकी
कम्युनिष्टहरू पार्टीको निर्णयमा जनवादी केन्द्रीयता अभ्यास गर्नुपर्छ भन्छन् । सशस्त्र युद्धबाट आएको माओवादी पनि युद्धमा छँदा त्यही लागू गर्थ्यो । त्यो भनेको मुल नेतृत्वले जे भन्छ, त्यसमा धेरै वादविवाद नगरी सबैले मानेर जाने ।
युद्धमा हुँदा माओवादीले यो विधि कडाइपूर्वक लागू गर्थ्यो । तर, शान्ति प्रक्रियामा आएपछि बिस्तारै नेताहरूको निर्णय क्षमतामा ह्रास आउँदै गएको छ ।
शान्तिपूर्ण राजनीति अंगालेको दुई दशक हुनै लाग्दा माओवादीले न त जनवादी केन्द्रियता लागू गर्न सकेको छ, न त विधिबाट हिँड्न । संगठनमा उचितलाई नेतृत्व दिने र काम गर्नेहरूको व्यवस्थित मूल्यांकनको वैज्ञानिक प्रक्रिया आत्मसाथ नगर्दा अहिले हरेक संगठनमा सकस हुने गरेको छ । नेतृत्वले लगेका प्रस्तावहरू निर्विवादित बन्न सकेका छैनन् ।
‘जनवादी केन्द्रियताका नाममा अहिले पनि पार्टीभित्र टीकेप्रथा कायम छ,’माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले भने, ‘यसकै नाममा अहिले पनि काम गर्ने भन्दा पनि आफ्ना मान्छेलाई टिप्ने प्रवृत्ति छ । यसले गर्दा संगठन विधिमा हिँड्ने भन्दा पनि अराजकता छाएको देखिन्छ ।’ उनी यसलाई सुधार गरेर निर्वाचन प्रणालीमा नजाने हो भने खस्किएको माओवादीको साख उठाउन नसकिने बताउँछन् ।
वाईसीएल, अखिल (क्रान्तिकारी) र प्रेस सेन्टरका अध्यक्ष पार्टी अध्यक्ष प्रचण्डको निर्देशन अनुसार तोकिए । तर, अन्य पदाधिकारी छनोट गर्ने जिम्मेवारी प्रचण्डले सम्बन्धित भ्रातृ संगठनलाई नै छाडिदिए । सहमतिमै टुंग्याउने रटान धेरै लगाए पनि यी कुनै संगठनमा सहमति जुटेन । दाबेदार धेरै भएकाले कसलाई छान्ने भन्ने सकस पर्यो । ‘यस्तोमा सहज विधि निर्वाचन हुन्थ्यो, यसले संगठनमा जिवन्तता पनि दिन्थ्यो,’ प्रेस सेन्टर पदाधिकारीका एक आकांक्षीले भने, ‘सहमतिको नाममा प्रतिष्पर्धा गरेर आउँन खोज्नेलाई पनि मौका दिइएन ।’
राष्ट्रिय सम्मेलनमा सकस
माओवादीभित्र मौलाउँदै गएको यही संगठानिक अराजकताले राष्ट्रिय सम्मेलनसमेत प्रभावित हुने देखिन्छ । माओवादीले आगामी पुस ११-१३ सम्म्म राष्ट्रिय सम्मेलन गर्दैछ । वडा, पालिका र प्रदेश सम्मेलनमा सहमति नजुट्दा चुनावी प्रक्रियामा पनि जान सकिने भन्दै निर्वाचनको विकल्प खुला राखिएको छ । तर, यो विकल्प केन्द्रीय समिति र नेतृत्वका हकमा छैन ।
माओवादीको मुल नेतृत्व अध्यक्षमा समस्या नभए पनि पदाधिकारी व्यवस्थापनमा सकस पर्ने देखिन्छ । त्यसमा पनि धेरै सकस महासचिवमा हुने देखिन्छ । महासचिवमा धेरैको दाबेदारी भए पनि मुख्यदाबेदार जनार्दन शर्मा र वर्षमान पुन हुन् । पार्टीको भावी उत्तराधिकारीका रूपमा समेत हेरिने महासचिवमा यी दुईमध्ये एकलाई रोज्न प्रचण्डका लागि निकै सकसपूर्ण हुने देखिन्छ ।
दुवै प्रचण्डनिकट नेता हुन् । उनीहरूमध्ये कुनै एक रोज्न प्रचण्डलाई गाह्रो छ । पहिलेजस्तो अहिले जनवादी केन्द्रियता लागू हुने अवस्था पनि छैन । यस्तोमा चुनाव नै उपयुक्त विकल्प हुन्थ्यो तर त्यसलाई खुला राखिएको छैन ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












