सभापतिमा साझा उमेदवार बनाएरै छोड्ने, नेता सहमत नभए गोप्य मतदान गराउने
काठमाडौं । नेपाली कांग्रेसका युवा नेताले सभापति शेरबहादुर देउवाको विकल्पमा साझा उमेदवार तय गर्न हस्तक्षेपकारी भूमिका खेल्ने निर्णय गरेका छन् ।
मंगलबार बिहान काठमाडौंको गौशालास्थित अनुपम फुडल्यान्डमा बसेको युवाको बैठकले देउवाविरुद्ध साझा उमेदवार चयन गर्न दबाब दिने र दबाबले नपुगे हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने निर्णय गरिएको हो ।
पौडेल–कोइराला प्यानलबाट चार आकांक्षी हुँदा प्रतिनिधिहरू निराश हुन लागेको निष्कर्षसहित नेताहरू आजै साझा उमेदवार चयनमा सफल नभए भोलिदेखि हस्तक्षेप सुरु गर्ने उनीहरूको तयारी छ । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरू शेखर कोइराला र प्रकाशमान सिंहबीच सभापतिका साझा उमेदवारका विषयमा छलफल गर्न आज दिउँसो १ बजे चाक्सीबारीमा केन्द्रीय सदस्यसहितको बैठक डाकिएको छ । त्यो बैठकमा सहमति नभए युवा नेताले आफ्नो भूमिकाको खोजी सुरु गर्नेछन् ।
केन्द्रीय सदस्य धनराज गुरुङका अनुसार नेताहरू सहमतिमा नपुगे आजै साँझ बस्ने बैठकबाट युवाहरूको रणनीति तय हुनेछ । “हामी जिल्ला सभापति, पूर्वजिल्लासभापतिहरू, क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधिहरूको भेला आयोजना गरे उनीहरूका सुझाव सभापतिका आकांक्षीहरूलाई राख्न लाउँछौँ,” गुरुङले युवा भेलाबारे भने, “त्यसमा उहाँहरू सहमत हुनु भएन भने युवाले नै तपाईंहरूमध्ये फलानो उमेदवार बन्नुस्, बाँकी अहिलेलाई मौन बस्नुस् भनेर सुझावका आधारमा भन्नेछौँ ।”
उनले अहिले नै नेताहरूमा दबाब परिसकेकाले केन्द्रीय सदस्यहरूको रायानुसार नै नेताहरू सहमतिमा पुग्ने विश्वास व्यक्त गरे ।
छलफलमा सहभागी एक युवा नेताका अनुसार नेताहरू सहमत नभए प्रजातान्त्रिक विधिको प्रयोग गर्ने उनीहरूको तयारी छ । “उहाँहरू आफैँ बलियो छु, मै उमेदवार बन्नुपर्छ भनेर सबैले अडान राख्दै जानुभयो वा एकभन्दा बढी व्यक्तिले त्यो दाबी छोडेनन् भने हामी गोप्य मतदान गराएर को लोकप्रिय छ भन्ने छर्लंग बनाएर भए पनि निर्णयमा पुग्ने तयारीमा छौँ,” ती नेताले भने ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












