सभापतिमा साझा उमेदवार बनाएरै छोड्ने, नेता सहमत नभए गोप्य मतदान गराउने
काठमाडौं । नेपाली कांग्रेसका युवा नेताले सभापति शेरबहादुर देउवाको विकल्पमा साझा उमेदवार तय गर्न हस्तक्षेपकारी भूमिका खेल्ने निर्णय गरेका छन् ।
मंगलबार बिहान काठमाडौंको गौशालास्थित अनुपम फुडल्यान्डमा बसेको युवाको बैठकले देउवाविरुद्ध साझा उमेदवार चयन गर्न दबाब दिने र दबाबले नपुगे हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने निर्णय गरिएको हो ।
पौडेल–कोइराला प्यानलबाट चार आकांक्षी हुँदा प्रतिनिधिहरू निराश हुन लागेको निष्कर्षसहित नेताहरू आजै साझा उमेदवार चयनमा सफल नभए भोलिदेखि हस्तक्षेप सुरु गर्ने उनीहरूको तयारी छ । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरू शेखर कोइराला र प्रकाशमान सिंहबीच सभापतिका साझा उमेदवारका विषयमा छलफल गर्न आज दिउँसो १ बजे चाक्सीबारीमा केन्द्रीय सदस्यसहितको बैठक डाकिएको छ । त्यो बैठकमा सहमति नभए युवा नेताले आफ्नो भूमिकाको खोजी सुरु गर्नेछन् ।
केन्द्रीय सदस्य धनराज गुरुङका अनुसार नेताहरू सहमतिमा नपुगे आजै साँझ बस्ने बैठकबाट युवाहरूको रणनीति तय हुनेछ । “हामी जिल्ला सभापति, पूर्वजिल्लासभापतिहरू, क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधिहरूको भेला आयोजना गरे उनीहरूका सुझाव सभापतिका आकांक्षीहरूलाई राख्न लाउँछौँ,” गुरुङले युवा भेलाबारे भने, “त्यसमा उहाँहरू सहमत हुनु भएन भने युवाले नै तपाईंहरूमध्ये फलानो उमेदवार बन्नुस्, बाँकी अहिलेलाई मौन बस्नुस् भनेर सुझावका आधारमा भन्नेछौँ ।”
उनले अहिले नै नेताहरूमा दबाब परिसकेकाले केन्द्रीय सदस्यहरूको रायानुसार नै नेताहरू सहमतिमा पुग्ने विश्वास व्यक्त गरे ।
छलफलमा सहभागी एक युवा नेताका अनुसार नेताहरू सहमत नभए प्रजातान्त्रिक विधिको प्रयोग गर्ने उनीहरूको तयारी छ । “उहाँहरू आफैँ बलियो छु, मै उमेदवार बन्नुपर्छ भनेर सबैले अडान राख्दै जानुभयो वा एकभन्दा बढी व्यक्तिले त्यो दाबी छोडेनन् भने हामी गोप्य मतदान गराएर को लोकप्रिय छ भन्ने छर्लंग बनाएर भए पनि निर्णयमा पुग्ने तयारीमा छौँ,” ती नेताले भने ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












