कांग्रेस शीर्ष नेता गुटगत छलफलमा, संस्थापन र इतर पक्षको छुट्टाछुट्टै बैठक
काठमाडौं । पार्टीको १४ औं महाधिवेशन नजिकिँदै गर्दा नेपाली कांग्रेसका शीर्ष नेताहरु उम्मेदवारी टुंगो लगाउन छलफलमा व्यस्त छन्।
हिजो दिनभर छलफल गरेका संस्थापन र इतर पक्ष आज पनि आन्तरिक छलफलमा जुट्दैछन्। सभापतिमा दोहोरिने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो प्यानलबाट उठ्ने पदाधिकारी चयन गर्दै छन्। त्यसैका लागि उनले बूढानीलकण्ठस्थित आफ्नै निवासमा आफूनिकट नेताहरुको बैठक राखेका छन्। बैठकले पदाधिकारीका उम्मेदवार टुंग्याउने बताइएको छ।
दुईजना उपसभापतिमा देउवा पक्षबाट ४ नेताले दाबी गरिरहेका छन्। तीमध्ये विजयकुमार गच्छदार र महामन्त्री पूर्णबहादुर खड्कालाई मुख्य दाबेदार मानिएको छ। यद्यपि प्रदेशमा सहकार्य गरेका कृष्ण सिटौलालाई पनि उपसभापतिको उम्मेदवार बनाउने देउवाले तयारी गरेका छन्।
सिटौलाले उपसभापति बस्न नमाने उनी पक्षका एकजनालाई महामन्त्री दिने तयारी रहेको देउवा निकट नेताहरुको भनाइ छ। संस्थापन पक्षबाट महामन्त्रीमा हाल सह–महामन्त्री रहेका डाक्टर प्रकाशशरण महत, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, रमेश लेखक र विश्वप्रकाश शर्माले दाबी गरेका छन्।
यस्तै सभापतिको साझा उम्मेदवार छान्न संस्थापन इतर पक्ष आज पनि छलफलमा जुट्दैछ। हिजो दिनभरको छलफलले निष्कर्ष निकाल्न नसकेपछि आज फेरि छलफल गर्न लागिएको हो। नेता प्रकाशमान सिंहको चाक्सिबारीस्थित निवासमा हिजो बसेको बैठकमा महामन्त्री डाक्टर शशाङ्क कोइारालाले अरु तीन जना नेता मिलेमा आफू पद छाड्न तयार रहेको बताएका थिए। तर नेता सिंहसहित रामचन्द्र पौडेल र डाक्टर शेखर कोइरालाले आफ्नो दाबी छाडेका छैनन्। उनीहरु तीनजना मध्येबाट आज साझा उम्मेदवार घोषणा गरिने वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए।
नेताहरुले आज बिहान आफ्नो समूहका केन्द्रीय सदस्य, जिल्ला सभापति र पूर्वजिल्ला सभापतिसँग रायपरामर्श गरी साँझसम्म एकमात्र उम्मेदवार घोषणा गर्ने तयारी गरेको नेता पौडेलको भनाइ छ।
कांग्रेस महाधिवेशन पर्सि शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












