नेको इन्स्योरेन्सको नवनिर्मित भवन वीमा समितीका अध्यक्ष सिलवालद्वारा उद्घाटन
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको नवनिर्मित ‘बीमा भवन’ बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालद्वारा उद्घाटन भएको छ ।
नेको इन्स्योरेन्स कम्पनीको निवनिर्मीत ‘बीमा भवन’ बीमा समितिका अध्यक्ष सिलवालले भवनको उद्घाटन गरेका हुन् ।
उद्घाटनका क्रममा अध्यक्ष सिलवालले बीमा कम्पनीहरुलाई समयमा दाबी भुक्तानी गरेर बीमितको विश्वास जित्न अनुरोध गरेका छन् ।
समयमा बीमाको दाबी भुक्तानी गरियो भने बीमितको विश्वास जित्न सक्नुका साथै बीमाको बजार बढाउन पनि मद्दत पुग्ने उनको तर्क थियो । उनले भने ‘थोरैको बीमा गरेर त्यसैमा रमाउछौ । त्यसो होइन हामीले सबैको बीमा गर्नुपर्छ ।’
बीमा समितिले देशव्यापी रुपमा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरिरहेको भन्दै अध्यक्ष सिलवालले हरेक कार्यक्रममा बीमा कम्पनीहरुले दाबी भुक्तानी नगरेको विषय व्यापक रुपमा उठिरहेको बताए । कम्पनीहरुले दाबी भुक्तानीमा ढिला गरे सँगै समितिले बोलाएरै स्पष्टीकरण सोधिरहेको उनले जानकारी दिए ।
सरकारले घटना घटेपछि करोडौ रुपैयाँ राहात प्रदान गर्नुको सट्टा बीमा गरिदिने हो भने त्यस्तो दायित्वबाट मुक्ति पाउने अध्यक्ष सिलावलको तर्क थियो । यसैका लागि समितिले सम्पुर्ण प्रदेश सरकार तथा स्थानीय सरकार सँग बीमालाई अनिवार्य गरिदिन अनुरोध गर्दै आइरहेको उनले जानकारी दिए ।
भवन उद्घाटन कार्यक्रममा नेकोका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले विगत ६/७ वर्षको अवधिमा कम्पनीले राम्रो उपलब्धी हासिल गरेको जानकारी दिए । २०७०/७१ मा मर्जरमा जाने तयारी गरेको नेककोलाई महतो समुहले स्वामित्व लिएर अहिलेको अवस्थामा ल्याइपुर्याएको हो । तत्कालिन समयमा नेकोले न्युनतम चुक्ता पूँजी समेत पुर्याउन नसकेर समस्यामा गुज्रिएको थियो । तत्कालिन समयमा ९० जना कर्मचारी र १३ वटा उपशाखा थियो ।
सबैजना अन्योलको अवस्थामा रहदै गर्दा महतो समुहले ह्याडओभर गरेर कम्पनीमा क्यापिटल इन्जेक्ट गर्दै कम्पनीलाई पुनर्जीवन नै प्रदान गरेको थियो । अहिलेको अवस्थामा नेको इन्स्योरेन्स कम्पनी हरेक सूचकमा अब्वल रहदै आएको छ ।
कम्पनीका पहिलो प्रमुख कार्यकारी अधिकृत बीमा विज्ञ भोजराज शर्माले कुनै समयमा नेको इन्स्योरेन्स कम्पनी हवाइ बीमामा पहिलो नम्बरमा रहेको स्मरण गर्दै कम्पनीले २५ औ वर्षको अवधिमा धेरै आरोह अवरोध पार गर्दै अहिलेको अवस्थामा आइपुगेको बताएका थिए ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












