नेको इन्स्योरेन्सको नवनिर्मित भवन वीमा समितीका अध्यक्ष सिलवालद्वारा उद्घाटन
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको नवनिर्मित ‘बीमा भवन’ बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालद्वारा उद्घाटन भएको छ ।
नेको इन्स्योरेन्स कम्पनीको निवनिर्मीत ‘बीमा भवन’ बीमा समितिका अध्यक्ष सिलवालले भवनको उद्घाटन गरेका हुन् ।
उद्घाटनका क्रममा अध्यक्ष सिलवालले बीमा कम्पनीहरुलाई समयमा दाबी भुक्तानी गरेर बीमितको विश्वास जित्न अनुरोध गरेका छन् ।
समयमा बीमाको दाबी भुक्तानी गरियो भने बीमितको विश्वास जित्न सक्नुका साथै बीमाको बजार बढाउन पनि मद्दत पुग्ने उनको तर्क थियो । उनले भने ‘थोरैको बीमा गरेर त्यसैमा रमाउछौ । त्यसो होइन हामीले सबैको बीमा गर्नुपर्छ ।’
बीमा समितिले देशव्यापी रुपमा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरिरहेको भन्दै अध्यक्ष सिलवालले हरेक कार्यक्रममा बीमा कम्पनीहरुले दाबी भुक्तानी नगरेको विषय व्यापक रुपमा उठिरहेको बताए । कम्पनीहरुले दाबी भुक्तानीमा ढिला गरे सँगै समितिले बोलाएरै स्पष्टीकरण सोधिरहेको उनले जानकारी दिए ।
सरकारले घटना घटेपछि करोडौ रुपैयाँ राहात प्रदान गर्नुको सट्टा बीमा गरिदिने हो भने त्यस्तो दायित्वबाट मुक्ति पाउने अध्यक्ष सिलावलको तर्क थियो । यसैका लागि समितिले सम्पुर्ण प्रदेश सरकार तथा स्थानीय सरकार सँग बीमालाई अनिवार्य गरिदिन अनुरोध गर्दै आइरहेको उनले जानकारी दिए ।
भवन उद्घाटन कार्यक्रममा नेकोका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले विगत ६/७ वर्षको अवधिमा कम्पनीले राम्रो उपलब्धी हासिल गरेको जानकारी दिए । २०७०/७१ मा मर्जरमा जाने तयारी गरेको नेककोलाई महतो समुहले स्वामित्व लिएर अहिलेको अवस्थामा ल्याइपुर्याएको हो । तत्कालिन समयमा नेकोले न्युनतम चुक्ता पूँजी समेत पुर्याउन नसकेर समस्यामा गुज्रिएको थियो । तत्कालिन समयमा ९० जना कर्मचारी र १३ वटा उपशाखा थियो ।
सबैजना अन्योलको अवस्थामा रहदै गर्दा महतो समुहले ह्याडओभर गरेर कम्पनीमा क्यापिटल इन्जेक्ट गर्दै कम्पनीलाई पुनर्जीवन नै प्रदान गरेको थियो । अहिलेको अवस्थामा नेको इन्स्योरेन्स कम्पनी हरेक सूचकमा अब्वल रहदै आएको छ ।
कम्पनीका पहिलो प्रमुख कार्यकारी अधिकृत बीमा विज्ञ भोजराज शर्माले कुनै समयमा नेको इन्स्योरेन्स कम्पनी हवाइ बीमामा पहिलो नम्बरमा रहेको स्मरण गर्दै कम्पनीले २५ औ वर्षको अवधिमा धेरै आरोह अवरोध पार गर्दै अहिलेको अवस्थामा आइपुगेको बताएका थिए ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












