“एउटै व्यक्ती प्रदेश पदाधिकारी र केन्द्रिय सदस्य हुन मिल्ने विधान कहाँ छ?”: नेता रेग्मी
हनुमानढोका भित्र हुनुपर्ने साथीहरु केन्द्रीय समितिमा पर्दा संगठनमा रगत पसिना बगाएकाहरु बिदाईमा पर्नु दुखद्
काठमाडाैं । अपराध कर्ममा संलग्नहरुलाई अखिल क्रान्तिकारीले केन्द्रीय समिति सदस्य बनाएको भन्दै नेता नरेश रेग्मीले तत्काल सच्याउन माग गरेका छन् ।
हनुमानढोका भित्र हुनुपर्ने साथीहरु केन्द्रीय समितिमा पर्दा संगठनमा रगत पसिना बगाएकाहरु बिदाईमा पर्नु दुखद् रहेको भन्दै नेता रेग्मीले विधान विपरित काम भएको आरोप लगाएका छन् ।
अखिल क्रान्तिकारीले १९९ सदस्यीय केन्द्रीय समिति टुंगो लगाएपछि उनले विदाई गर्न या थप्न साझा मापदण्ड बनाउनुपर्नेमा अपराध कर्ममा लागेकादेखि विदेशमा बसेर भर्खरै फर्किएकालाई केन्द्रीय समितिमा राखिनु विधान विपरित भएको जनाएका हुन् ।
यस्तै, रेग्मीले एउटै व्यक्ति प्रदेश पदाधिकारी र केन्द्रीय सदस्यमा कसरी भन्दै भनेका छन्,’एउटै व्यक्ती प्रदेश पदाधिकारी पनि र केन्द्रिय सदस्य पनि हुन मिल्ने विधान कहाँ छ? हात जोडेर विदाई हुन्छु भन्ने साथीहरु कमिटीमा पर्दा दैनिक आन्दोलनमा खटिरहेका साथीहरु कसरी विदाईमा परे ?’
हात जोडेर बिदाई हुन्छु भन्नेहरु अटाउदा आन्दोलन र संगठनको पक्षमा खटिनेहरु किन परेनन भन्दै उनले नेतृत्वलाई प्रश्न समेत गरेका छन् ।
यद्यपी विद्यार्थी फ्याक्सन इन्चार्ज हितमान शाक्य, अध्यक्ष पञ्चा सिंह, निवर्तमान अध्यक्ष रञ्जित तामाङ सहितको बैठकले १९९ केन्द्रीय सदस्यहरुको नामावली टुंगो लगाएको हो ।
रेग्मी २१ औं राष्ट्रिय सम्मेलनबाट अत्यधिक मतका साथ केन्द्रीय सचिवमा निर्वाचित भएका थिए ।
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












