खड्का र गुरूङ उपसभापति निर्वाचित, गच्छदार २ मतले पराजित
काठमाडाैँ । कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ विजयी भएका छन्।
अन्तिम मत परिणामअनुसार खड्काले २१२१ र गुरूङले १९०८ मत ल्याएका छन्। खड्का सभापति निर्वाचित शेरबहादुर देउवा प्यानलका उम्मेदवार हुन् भने गुरूङ शेखर कोइराला समूहका नेता हुन्।
देउवा पक्षकै विजय गच्छदार जम्मा २ मतले तेस्रो स्थानमा परेका छन्। उनले १९०६ मत ल्याए।
गच्छदारले मतपरिणाममा असहमति जनाउँदै पुन: गणनाको माग गरेका थिए। यसले अन्तिम नतिजा सार्वजनिक गर्न ढिलाइ भएको थियो।
यसअघि कांग्रेस प्रदेश १ को सभापतिमा देउवा र कृष्ण सिटौला पक्षका उद्धव थापाले शेखर पक्षका गुरू घिमिरेलाई २ मतले हराएका थिए।
दुई जना उपसभापतिका लागि सात जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। चौथो स्थानमा रहेका चन्द्र भण्डारीले १५८० मत ल्याएका छन्।
प्रकाशमान सिंह समूहबाट सुजाता कोइराला, स्वतन्त्र तर्फबाट महेश आचार्य र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह उठेका थिए। कोइरालाले ६४४, आचार्यले ५८९ र शाहले १३२ मत ल्याए।
खड्का सुर्खेतका हुन्। देउवाले प्रजातान्त्रिक कांग्रेस गठन गर्दा उनी केन्द्रीय सदस्य थिए। १२ औं महाधिवेशनबाट उनी कांग्रेसको सह-महामन्त्री बनेका थिए. तेह्रौं महाधिवेशनपछि उनी महामन्त्री भएका थिए। उनी २०४८, २०५१ र २०५६ मा सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ बाट सांसद चुनिएका थिए। २०६४ सालको संविधान सभामा उनी समानुपातिकतर्फ सांसद थिए। २०७० को दोस्रो संविधान सभा चुनावमा उनी सुर्खेत-१ बाट निर्वाचित भए।
उनी सूचना तथा सञ्चार र गृहमन्त्री भइसकेका छन्। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका ध्रुव शाहीसँग उनी पराजित भएका थिए।
गुरूङ कांग्रेस केन्द्रीय हुन्। २०३६ सालबाट राजनीतिमा प्रवेश गरेका उनी २०५३ मा नेपाल विद्यार्थी संघका केन्द्रीय सभापति, २०५४ सालमा तरूण दलका महामन्त्री भएका थिए।
तेहौं महाधिवेशनपछि उनी केन्द्रीय सदस्य थिए। २०६४ र २०७० सालको संविधान सभामा उनी समानुपातिक सांसद थिए।
Comments
अरु समाचार
-
प्रेस चौतारीको दशौं महाधिवेशन फागुन २३ देखि २५ गतेसम्म विराटनगरमा
काठमाडौं । प्रेस चौतारी नेपालको दशौं राष्ट्रिय महाधिवेशन फागुन २३ देखि २५ गतेसम्म विराटनगरमा गर्ने निर्णय भएको छ । बुधबार...
-
मलाई गरिएको कारबाही विधानसम्मत छैनः नेता डा रावल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वनेता डा भीमबहादुर रावलले पार्टीले साधारण सदस्यसमेत नरहने गरी आफूमाथि गरेको कारबाही दलको विधान,...
-
एमालेबाट निस्कासित भिम रावलले गरेको पत्रकार सम्मेलन (पूर्णपाठ सहित)
काठमाडौं । एमालेबाट निष्कासित भएपछि बुधबार पत्रकार सम्मेलन आयोजना गरी भीम रावलले आफ्नो औपचारिक धारणा सार्वजनिक गरेका छन् । उनले...
-
गुठी विधेयक चाँडो ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन
काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले गुठी सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि जति सक्दो छिटो...
-
विभिन्न देशका लागि नवनियुक्त राजदूतहरूद्वारा शपथ ग्रहण
काठमाडौं । नवनियुक्त विभिन्न पाँच देशका राजदूतहरुले बुधबार राष्ट्रपती कार्यालयमा पद तथा गोपनियताको शपथ लिएका छन् । पोर्चुगलका लागि नेपाली...
-
भीम रावलले आज पत्रकार सम्मेलन गर्दै
काठमाडौं । नेकपा एमालेबाट निलम्बीत डा. भीम रावलले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । एमालेले पार्टीबाट निष्काशन भएपछि राजनीतिक...
-
प्रधानमन्त्री ओलीद्वारा नयाँ वर्षको शुभकामना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत् २०२५ आजदेखि प्रारम्भ भएकामा सबैमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल...
-
गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा सभापति देउवाको जोड
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले राष्ट्रिय...
-
श्रमकाे सम्मान गर्दै विकासको गति अघि बढाउनु आजको आवश्यकता: राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको...