वायुसेवा सञ्चालक संघको अध्यक्षमा थापा महासचिवमा कार्की
काठमाडौं । वायुसेवा सञ्चालक संघ, नेपाल (एओएएन)को २१औं वार्षिक साधारण सभाले संघको अध्यक्षमा क्याप्टेन रामेश्वर थापालाई पुनः चयन गरेको छ। निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको छाता संगठन एओएएनको शुक्रबार राजधानीमा सम्पन्न सभाले क्याप्टेन थापालाई निर्विरोध पुनः चयन गरेको हो। क्याप्टेन थापा नेपाली हवाई क्षेत्रमा विगत दुई दशकदेखि हेलिकोप्टर कम्पनी सञ्चालन गर्दै आएका छ। थापा सन् २००२ देखि हेलिकोप्टर प्रशिक्षक पाइलटका रुपमा पनि क्रियाशील छन्। हालः उनी सिम्रक एयरका सञ्चालक हुन्।
थापाको नेतृत्वमा दुई वर्षका लागि एओएएनको १३ सदस्यीय नयाँ कार्यसमिति पनि चयन भएको छ। कार्यसमितिको उपाध्यक्षमा यति एयरलाइन्सबाट अनोज रिमाल, सौर्य एयरलाइन्सका गोपाल भट्टराई, अल्टिच्यूड एयरका निमा नुरु शेर्पा, महासचिवमा समिट एयरका मनोज कार्की, सचिवमा मनाङ एयरका राजु न्यौपाने, कोषाध्यक्षमा बुद्ध एयरका रुपेश जोशी, कार्यसमिति सदस्यहरुमा हेली एभरेष्टका फुरु ग्याल्जे शेर्पा, प्रभु हेलिकोप्टरका सुवास अमात्य, श्री एयरलाइन्सका अनिल मानन्धर, गुण एयरलाइन्सका प्रज्वल थापा, कैलास हेलिकोप्टरका श्रीहरि कुईकेल र एयर डाइनेष्टिका बालकृष्ण पण्डित चयन भएका छन्।
उक्त साधरणसभामा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम बहादुर आलेले आन्तरिक उडानको सुरक्षाका लागि सरोकारवाला निकायहरुले सहकार्य गर्नुपर्ने बताए। उडानका क्रममा हुने बाधा अवरोधलाई कम गर्न र उडानलाई सुरक्षित बनाउन नागरिक उड्यन प्राधिकरणले बजेट छुट्टाएको जानकारी दिए।
कार्यक्रममा पर्यटन सचिव महेश्वर न्यौपानेले सरकारले परिस्थित अनूकल अपनाउने सुरक्षा मापदण्डहरुलाई वायु सेवा सञ्चालकहरुले सहजका साथ लिनुपर्ने बताए।
नागरिक उड्डयन प्राधिकरणका कार्यकारी निर्देशक राजकुमार क्षेत्रीले सुरक्षित उडानका लागि प्राधिकरण सजग रहेको र निजी क्षेत्रसँग मिलेर अघि बढ्ने बताए।
संघका नवनियुक्त अध्यक्ष क्याप्टेन रामेश्वर थापाले वायुसेवाको सुरक्षास्तरलाई अझै उचाईमा पुर्याउने र नेपाली वायुसेवाको सुरक्षा सूदृढीकरणलाई बढीभन्दा बढी विश्वासिलो बनाउँदै जाने बताए। आफ्नो कार्यकालमा उडान सुरक्षाको प्रतिबद्धता दोहोराए। मन्त्रालय, प्राधिकरण लगायतका नियामक निकायहरुसँग हातेमालो गर्दै नेपाली हवाई उद्योगमा रहेका विभिन्न समस्याहरुलाई निराकरण गर्नेसमेत उनले बताए।
Comments
अरु समाचार
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
काभ्रे बस दुर्घटना: ८ जनाको ज्यान गयो, १७ घाइतेको उपचार जारी
काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बा...
-
गोदावरी नदीले बगाउँदा दुई महिलाको ज्यान गयो
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर...
-
सरकारी विद्यालयमा किन विद्यार्थी संख्या न्यून ? तेह्र हजार विद्यालयमा सयभन्दा कम
काठमाडौँ। देशभर सञ्चालनमा रहेका सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयमा विद्यार्थी संख्या सयभन्दा कम रहेको तथ्य सार्वजनिक भएको छ। विद्यार्थी अभावका...












