वायुसेवा सञ्चालक संघको अध्यक्षमा थापा महासचिवमा कार्की
काठमाडौं । वायुसेवा सञ्चालक संघ, नेपाल (एओएएन)को २१औं वार्षिक साधारण सभाले संघको अध्यक्षमा क्याप्टेन रामेश्वर थापालाई पुनः चयन गरेको छ। निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको छाता संगठन एओएएनको शुक्रबार राजधानीमा सम्पन्न सभाले क्याप्टेन थापालाई निर्विरोध पुनः चयन गरेको हो। क्याप्टेन थापा नेपाली हवाई क्षेत्रमा विगत दुई दशकदेखि हेलिकोप्टर कम्पनी सञ्चालन गर्दै आएका छ। थापा सन् २००२ देखि हेलिकोप्टर प्रशिक्षक पाइलटका रुपमा पनि क्रियाशील छन्। हालः उनी सिम्रक एयरका सञ्चालक हुन्।
थापाको नेतृत्वमा दुई वर्षका लागि एओएएनको १३ सदस्यीय नयाँ कार्यसमिति पनि चयन भएको छ। कार्यसमितिको उपाध्यक्षमा यति एयरलाइन्सबाट अनोज रिमाल, सौर्य एयरलाइन्सका गोपाल भट्टराई, अल्टिच्यूड एयरका निमा नुरु शेर्पा, महासचिवमा समिट एयरका मनोज कार्की, सचिवमा मनाङ एयरका राजु न्यौपाने, कोषाध्यक्षमा बुद्ध एयरका रुपेश जोशी, कार्यसमिति सदस्यहरुमा हेली एभरेष्टका फुरु ग्याल्जे शेर्पा, प्रभु हेलिकोप्टरका सुवास अमात्य, श्री एयरलाइन्सका अनिल मानन्धर, गुण एयरलाइन्सका प्रज्वल थापा, कैलास हेलिकोप्टरका श्रीहरि कुईकेल र एयर डाइनेष्टिका बालकृष्ण पण्डित चयन भएका छन्।
उक्त साधरणसभामा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम बहादुर आलेले आन्तरिक उडानको सुरक्षाका लागि सरोकारवाला निकायहरुले सहकार्य गर्नुपर्ने बताए। उडानका क्रममा हुने बाधा अवरोधलाई कम गर्न र उडानलाई सुरक्षित बनाउन नागरिक उड्यन प्राधिकरणले बजेट छुट्टाएको जानकारी दिए।
कार्यक्रममा पर्यटन सचिव महेश्वर न्यौपानेले सरकारले परिस्थित अनूकल अपनाउने सुरक्षा मापदण्डहरुलाई वायु सेवा सञ्चालकहरुले सहजका साथ लिनुपर्ने बताए।
नागरिक उड्डयन प्राधिकरणका कार्यकारी निर्देशक राजकुमार क्षेत्रीले सुरक्षित उडानका लागि प्राधिकरण सजग रहेको र निजी क्षेत्रसँग मिलेर अघि बढ्ने बताए।
संघका नवनियुक्त अध्यक्ष क्याप्टेन रामेश्वर थापाले वायुसेवाको सुरक्षास्तरलाई अझै उचाईमा पुर्याउने र नेपाली वायुसेवाको सुरक्षा सूदृढीकरणलाई बढीभन्दा बढी विश्वासिलो बनाउँदै जाने बताए। आफ्नो कार्यकालमा उडान सुरक्षाको प्रतिबद्धता दोहोराए। मन्त्रालय, प्राधिकरण लगायतका नियामक निकायहरुसँग हातेमालो गर्दै नेपाली हवाई उद्योगमा रहेका विभिन्न समस्याहरुलाई निराकरण गर्नेसमेत उनले बताए।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












