राजतन्त्रको ठाउँमा ओलीतन्त्र आएपछि गठबन्धन बनाउनुपर्यो : माधव नेपाल
पोखरा । नेकपा एसका अध्यक्ष माधव नेपालले राजतन्त्रको ठाउँमा ओलीतन्त्र आएकाले त्यसविरुद्ध ५ दलीय गठबन्धन बनाउनु परेको बताएका छन् । गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा मंगलबार उनले ओलीतन्त्र दक्षिणपन्थी भासमा भासिएको, निरकुंशता सामूहिक नभई एकल र निरकुंशता लाद्न थालेकाले पार्टीमै विद्रोह गरिएको बताए ।
‘ओलीतन्त्र विरुद्ध संघर्षको मैदानमा उत्रिएको, चुनौती दिइएको र उन्माद ओलीलाई सत्ताबाट तल झारिदियौं,’ पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले भने, ‘यो ऐतिहासिक र साहसिक कदम हो ।’ ओली साह्रै ज्याद्रो मान्छे भएकाले कहिल्यै नसुध्रिने उनले दाबी गरे ।
उनले ओलीको कब्जा र प्राइभेट कम्पनीको रुपमा एमाले रहेको आफ्नो पार्टीको पहिलो प्रतिद्वन्द्वी बन्न पुगेको बताए । एमालेलाई आफ्नो पार्टीले पहिलो शत्रु घोषणा गरेकाले हामीले पनि मुख्य प्रतिद्वन्द्वी मानेको उनले बताए ।
‘ओलीले हाम्रो अनुहार देख्दिनँ भन्ने, अन्यत्र छुवाछुतको व्यवहार गर्ने, संसद् अवरुद्ध गर्दै आएका छन्,’ उनले भने,‘तर कस्तो संयोग, कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा भने हाम्रो अनुहार हेर्दै गए । रमाइलो भयो ।’ कांग्रेसको कार्यक्रममा आउन हुने, एउटै स्टेजमा बस्न पनि हुने तर अन्यत्र हामीलाई छुवाछुतको व्यवहार गर्ने यो कस्तो राजनीति हो भन्ने उनले प्रश्न गरे ।
उनले संविधानको सम्मान पनि ओलीले नगरेको बताए । आफूहरुलाई कारबाही गर्ने अधिकार ओलीलाई नभएको भन्दै संसद्मा आफ्नो उपस्थितिले पनि केपीको सातो जाने गरेको बताए । सभामुख एक्लो नभएकाले आफ्नो काममा अघि बढ्न भन्दै उनले आफूहरुको सधैं साथ रहने बताए ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको...
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
निर्वाचनको समीक्षा गर्न भोलि (मंगलबार) केन्द्रीय कार्यसमितिको बैठक, गगन थापाले सभापतित्व गर्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव...












