आठदलीय गठबन्धनद्वारा एमसीसी सम्झौताविरुद्ध राजधानीमा प्रदर्शन (तस्बिरहरु)
काठमाडौँ । आठ दलीय मोर्चाले अमेरिकन सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) विरुद्ध आज राजधानीमा विरोध प्रदर्शन गरेको छ।
नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी, नेकपा माले, नेकपा मसाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा, राष्ट्रिय जनमोर्चा नेपाल र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले उक्त विरोध प्रदर्शन तथा विराेधसभा गरेका छन्।
‘राष्ट्रिय स्वाधीनता रक्षा गरौं, राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर’ भन्ने मूल नारासहित गठबन्धनले राजधानीमा विरोध प्रदर्शन गरेका हुन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता संसदबाट पारित गराउने उद्देश्यले सोमबार संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक आह्वान गरेका थिए। सोही बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्नुपर्ने प्रस्ताव गरेपछि गठबन्धनले एमसीसीविरोधी अभियानलाई तीव्र बनाएका हुन्।
गठबन्धनले एमसीसीविरुद्ध आन्दोलन गर्दै आएको छ। गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाले सर्वदलीय बैठकमै एमसीसी सम्झौता खारेज गर्नुपर्ने माग गरेको थियो। गठबन्धनमा जनमोर्चासँगै मोहन वैद्य नेतृत्वका क्रान्तिकारी माओवादी, सीपी मैनाली महासचिव रहेको नेकपा माले, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायत सहभागी रहेका छन्।
Comments
अरु समाचार
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...












