सार्क सम्मेलन आयोजना गर्न पाकिस्तानको सर्त : ‘कृत्रिम अवरोध’लाई हटाइनुपर्छ
एजेन्सि । पाकिस्तानले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को शिखर सम्मेलन आयोजना गर्नेबारे सर्त राखेको छ ।
सार्क महासचिव एसला रुवान विराक्कुनसँग २२ डिसेम्बरमा भएको भेटवार्तामा पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरेसीले सार्क सम्मेलन आयोजना गर्न पाकिस्तान प्रतिबद्ध रहेको बताए ।
उक्त भेटमा विदेशमन्त्री कुरेसीले सार्कप्रति पाकिस्तानको बलियो सहयोग रहेको बताउँदै सार्क प्रक्रियालाई गतिशिल ढंगले अघि बढाउन आग्रह गरेका थिए ।
‘तर, सम्मेलन आयोजना गर्ने बाटोमा खडा गरिएको कृत्रिम अवरोधलाई हटाइनुपर्छ’ भेटपछि पाकिस्तानी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पाकिस्तानी विदेशमन्त्रीले भनेजस्तो ‘कृत्रिम अवरोध’को को संकेत भारततर्फ लक्षित रहेको बुझ्न कठिन छैन । पाकिस्तानको तर्फबाट सीमापार आतंकवाद भैरहेको आरोप भारतले लगाउने गरेको छ ।
भारत र पाकिस्तानबीचको तनावकै कारण सन् २०१६ नोभेम्बरमा इस्लामबादमा हुने भनिएको सार्क सम्मेलन स्थगित भएको थियो । भारतले भाग नलिने निर्णय गरेपछि बंगलादेश, भुटान र अफगानिस्तानले पनि सहभागी हुन अस्वीकार गरेका थिए ।
सार्कको १८ औं शिखर सम्मेलन सन् २०१४ मा काठमाडौंमा भएयता सार्क सम्मेलन हुन सकेको छैन । भने, नेपालले पनि सार्क अध्यक्ष मुलुकको हैसियतमा गतिशिल भूमिका खेल्न सकेको छैन ।
अफगानिस्तानको सत्तामा तालिबान फर्किएपछि सार्क थप प्रभावित बन्न पुगेको छ । पाकिस्तानबाहेक सार्कका अन्य देशले तालिबान सरकारलाई वैधता दिएका छैनन् ।
Comments
अरु समाचार
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











