माओवादी महाधिवेशन : बन्दसत्रमा समूहगत छलफलका निष्कर्ष पेश गरिँदै
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत बन्द सत्रको तेस्रो दिन आज समूहगत छलफलका निष्कर्ष पेश गरिँदैछ। २५ वटा समूहमा विभाजित महाधिवेशन प्रतिनिधिले हिजो दिनभर अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र विधान मस्यौदामा छलफल गरेका छन्। छलफल नसकेका समूहले आज मध्यान्ह १२ बजेसम्म थप छलफल गर्न सक्नेछन्।
दिउँसो १ बजेदेखि प्रज्ञा भवन कमलादीमै सुरु हुने बन्दसत्रमा समूहका नेताहरुले छलफलका निष्कर्ष पेश गर्ने अध्यक्ष मण्डलकी सदस्य रुपा महर्जनले जानकारी दिइन्।
प्रत्येक समूह प्रमुखलाई प्रस्तुतिका लागि १५ मिनेटको समय दिइएको छ। सुझावहरु लिखित रुपमा पनि पेश गर्नुपर्ने छ। छलफलका क्रममा महाधिवेशन प्रतिनिधिले प्रचण्डको दस्तावेजलाई सकारात्मक रुपमा लिए पनि कार्यान्वयनमा आशंका गरेका छन्। समूहगत छलफलमा राजनीतिक दस्तावेजमाथि उठेका प्रश्नको अध्यक्ष प्रचण्ड र विधान मस्यौदाबारे देव गुरुङले थप स्पष्ट पार्नेछन्।
समूहगत छलफलबाट प्राप्त सुझावलाई समेत समेटेर प्रतिवेदन र विधान पारित भएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने महर्जनले जानकारी दिइन्।
प्रस्तावित विधान मस्यौदामा १५ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी गठन गरिने उल्लेख छ। केन्द्रीय कमिटीमा ५० खुला र ५० प्रतिशत समावेशी छुट्याउने प्रस्ताव गरिएको छ ।
हिजो बसेको स्थायी समिति बैठकले समावेशीतर्फको क्लस्टर मिलाउन विधान संशोधनका लागि गठित देव गुरुङ नेतृत्वको समितिलाई जिम्मेवारी दिएको छ ।
Comments
अरु समाचार
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...












