माओवादी केन्द्रको निर्वाचन कार्यतालिका स्थगित
काठमाडौं । नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत आजका लागि तय भएको निर्वाचन कार्यतालिका स्थगित भएको छ। सहमतिबाट केन्द्रीय समिति निर्माण गर्न कलस्टर अनुसार सहमतिको प्रयास जारी रहेको भन्दै आजको प्रक्रिया स्थगित भएको निर्वाचन समिति प्रमुख विष्णु पुकार श्रेष्ठले जानकारी दिए।
उनले सहमतिका लागि छलफल जारी नै रहेकोले आज ८ बजेदेखि सुरू हुने भनिएको कार्यतालिका भोलि १ बजेदेखि सुरू हुने जानकारी दिए।
प्रज्ञा भवनमा जारी आठौं महाधिवेशनको सातौं दिनमा मतदाता नामावली प्रकाशन समेत गरिसकेको थियो। भोलि दिउँसो १ बजेसम्मको समयमा सहमति जुट्न नसके निर्वाचनबाट नै समिति चयन हुने जनाइएको छ।
Comments
अरु समाचार
-
सार्कलाई सक्रिय बनाउन आबद्ध मुलुकको भूमिका आवश्यक : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले मङ्गलबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री...
-
संविधान संशोधनको विषयमा छलफल प्रारम्भ गरिसकेका छौँः गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन समावेशितालाई कमजोर गर्ने नभई थप सुदृढ गर्नका लागि हुने बताएका छन्। मंगलबार काठमाडौँमा...
-
प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री...
-
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन सरकारको आग्रह
काठमाडौं । सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायत मुलुकहरूमा जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकलाई तीनबुँदे यात्रासम्बन्धी सूचना (ट्राभल...
-
न्याय प्रशासन प्रभावकारी पार्न सरकारी वकिलको क्षमता बढाऔँ: प्रधानन्यायाधीश राउत
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले फौजदारी न्याय प्रशासन प्रभावकारी बनाउन सरकारी वकिलको क्षमता र व्यावसायिकता बढाउन जरूरी रहेको बताउनु...
-
लेखा समिति सभापतिकी श्रीमती अदालत उपस्थित हुनुपर्छ : नेता भट्टराई
काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला अदालतमा उपस्थित हुनुपर्ने बताएका छन्...
-
एमाले केन्द्रीय सचिवालय बैठक बुधबार बस्दै
काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी बुधबार (पुस १० गते) ललितपुर च्यासलस्थित एमाले केन्द्रीय...
-
राष्ट्रपति समक्ष पाँच राजदूतको शपथ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालयमा...
-
लगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूतिको सम्झौता
काठमाडौं । नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूतिको सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार...