फेरि अध्यक्ष चुनिएपछि प्रचण्डले भने– नेतृत्वको रूपमा यो अन्तिम अवसर हुनेछ
काठमाडौं । नेकपा (माअोवादी केन्द्र)को नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना लागि यो अन्तिम अवसर हुने बताएका छन् । ०४६ सालमा नेकपा मसालको महामन्त्री भएर नेतृत्व सुरु गरेका प्रचण्डले माअोवादी केन्द्रमा पुन: अर्को कार्यकालको नेतृत्व पाएका छन् ।
“आठौँ महाधिवेशनबाट साथीहरूले मलाई महत्वपूर्ण जिम्मेवारी दिनुभएको छ । यो ऐतिहासिक जिम्मेवारी देश र जनतामा समर्पित गर्नेछु,” अध्यक्ष प्रचण्डले भने, “यो मेरालाई अन्तिम अवसर हो देश र जनताका लागि काम गर्ने । सम्भवत: यो नै मेरा लागि अन्तिम चुनौती पनि हुने छ ।”
उनले आफ्ना तर्फबाट अन्तिम अवसर र चुनौती भएको बताउँदै अर्कोपटक आफ्नो इच्छाले अध्यक्षको प्रत्यासी नबन्ने संकेत गरेका छन् ।
अध्यक्ष प्रचण्डले आफू लामो समय अध्यक्ष भएर फरक भूमिकाको अपेक्षा गरेपनि राजनीतिक परिस्थितिले त्यसो गर्ने छुट नदिएको भन्दै आफ्नो नेतृत्वको आवश्यकता पुष्टि गर्ने प्रयास गरेका छन् ।
“म धेरै लामो समयदेखि पार्टीको नेतृत्वमा छु । यसक्रममा इतिहासका धेरै घटनाक्रमहरूको नेतृत्वगर्ने अवसर मलाई प्राप्त भएको छ,” अध्यक्ष दाहालले भने, “इतिहासका गम्भीर मोडहरूमा साक्षात्कार गर्ने अवसर जनताले पनि दिएको हो । अहिले अध्यक्षको सपथ लिएर जनतालाई सम्बोधन गर्दै गर्दा राष्ट्र र जनताको सेवा गर्ने ठूलो जिम्मेवारी बहन गर्ने जिम्मेवारी आएको महुस गरेको छु ।”
उनले आफ्नो भूमिका बदल्नेबारे सोच आएर पनि त्यसो गर्न नसकेको बताएक छन् ।
“लामो समय नेतृत्वमा बस्दा अब त भिन्न भूमिकामा जाने बेला आएन र ! भन्ने लाग्छ,” प्रचण्डले भने, “तर, देशको परिस्थिति हेर्दा छोडेर हिँड्ने अवस्था बनेको छैन ।”
उनले प्रचण्ड नहुँदा माओवादी पार्टी रहँदैन भन्नेहरूलाई माओवादी पार्टी नभएर आन्दोलन भएको जवाफ फर्काए ।
“कतिपयले भन्छन्– प्रचण्ड नहुने हो भने यो पार्टी रहँदैन । तर, मैले भनेको छु । यो प्रश्न नै गलत छ । माओवादी पार्टी मात्र होइन । एउटा क्रान्तिकारी आन्दोलन हो । यसल इतिहासमा त्याग र बलिदानको स्तम्भ खडा गरेको छ,” प्रचण्डले भने, “त्यसैले प्रचण्ड नहुँदैमा ओन्दोलन सकिन्छ भन्ने हुँदैन । माओवादी आन्दोलन सधै जीवित रहने छ ।”
माओावदी केन्द्रको महाधिवेशन विचारका हिसाबले अहिले भएका सबै पार्टी भन्दा विशिष्ट रहेको भन्दै उनले यसमा व्यक्तिको आदेश र बुर्जुवा अभ्यास दुवै नभएको दाबी गरे ।
“हाम्रो महाधिवेशनमा अहिले देशमा भएका सबै महाधिवेशन भन्दा विचारको बहस भएको महाधिवेशन हो । कुनै व्यक्तिको आदेशबाट चल्ने पनि हुन दिएनौँ । बुर्जुवा बाटोमा जान पनि दिएनौँ,” उनले भने, “यो महाधिवेशन प्रचण्डको आदेशमा होइन, स्थायी कमिटी र केन्द्रीय कमिटीको सर्वसम्मत निर्णयमा यो केन्द्रीय कमिटी निर्वाचित भएको हो । कसै कसैले प्रचण्डले तालिबजाउ भनेर तालि बजाइयो भनियो । यो हाम्रो आन्तरिक जनवादको अपमान हो । कसैको आदेशमा चल्यो भन्ने टिप्पणी भन्दा विडम्बना केही छैन ।”
उनले पार्टीलाई राष्ट्र र जनताप्रति समर्पित गर्ने संकल्प लिएर आएका बताए ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












