फेरि अध्यक्ष चुनिएपछि प्रचण्डले भने– नेतृत्वको रूपमा यो अन्तिम अवसर हुनेछ
काठमाडौं । नेकपा (माअोवादी केन्द्र)को नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना लागि यो अन्तिम अवसर हुने बताएका छन् । ०४६ सालमा नेकपा मसालको महामन्त्री भएर नेतृत्व सुरु गरेका प्रचण्डले माअोवादी केन्द्रमा पुन: अर्को कार्यकालको नेतृत्व पाएका छन् ।
“आठौँ महाधिवेशनबाट साथीहरूले मलाई महत्वपूर्ण जिम्मेवारी दिनुभएको छ । यो ऐतिहासिक जिम्मेवारी देश र जनतामा समर्पित गर्नेछु,” अध्यक्ष प्रचण्डले भने, “यो मेरालाई अन्तिम अवसर हो देश र जनताका लागि काम गर्ने । सम्भवत: यो नै मेरा लागि अन्तिम चुनौती पनि हुने छ ।”
उनले आफ्ना तर्फबाट अन्तिम अवसर र चुनौती भएको बताउँदै अर्कोपटक आफ्नो इच्छाले अध्यक्षको प्रत्यासी नबन्ने संकेत गरेका छन् ।
अध्यक्ष प्रचण्डले आफू लामो समय अध्यक्ष भएर फरक भूमिकाको अपेक्षा गरेपनि राजनीतिक परिस्थितिले त्यसो गर्ने छुट नदिएको भन्दै आफ्नो नेतृत्वको आवश्यकता पुष्टि गर्ने प्रयास गरेका छन् ।
“म धेरै लामो समयदेखि पार्टीको नेतृत्वमा छु । यसक्रममा इतिहासका धेरै घटनाक्रमहरूको नेतृत्वगर्ने अवसर मलाई प्राप्त भएको छ,” अध्यक्ष दाहालले भने, “इतिहासका गम्भीर मोडहरूमा साक्षात्कार गर्ने अवसर जनताले पनि दिएको हो । अहिले अध्यक्षको सपथ लिएर जनतालाई सम्बोधन गर्दै गर्दा राष्ट्र र जनताको सेवा गर्ने ठूलो जिम्मेवारी बहन गर्ने जिम्मेवारी आएको महुस गरेको छु ।”
उनले आफ्नो भूमिका बदल्नेबारे सोच आएर पनि त्यसो गर्न नसकेको बताएक छन् ।
“लामो समय नेतृत्वमा बस्दा अब त भिन्न भूमिकामा जाने बेला आएन र ! भन्ने लाग्छ,” प्रचण्डले भने, “तर, देशको परिस्थिति हेर्दा छोडेर हिँड्ने अवस्था बनेको छैन ।”
उनले प्रचण्ड नहुँदा माओवादी पार्टी रहँदैन भन्नेहरूलाई माओवादी पार्टी नभएर आन्दोलन भएको जवाफ फर्काए ।
“कतिपयले भन्छन्– प्रचण्ड नहुने हो भने यो पार्टी रहँदैन । तर, मैले भनेको छु । यो प्रश्न नै गलत छ । माओवादी पार्टी मात्र होइन । एउटा क्रान्तिकारी आन्दोलन हो । यसल इतिहासमा त्याग र बलिदानको स्तम्भ खडा गरेको छ,” प्रचण्डले भने, “त्यसैले प्रचण्ड नहुँदैमा ओन्दोलन सकिन्छ भन्ने हुँदैन । माओवादी आन्दोलन सधै जीवित रहने छ ।”
माओावदी केन्द्रको महाधिवेशन विचारका हिसाबले अहिले भएका सबै पार्टी भन्दा विशिष्ट रहेको भन्दै उनले यसमा व्यक्तिको आदेश र बुर्जुवा अभ्यास दुवै नभएको दाबी गरे ।
“हाम्रो महाधिवेशनमा अहिले देशमा भएका सबै महाधिवेशन भन्दा विचारको बहस भएको महाधिवेशन हो । कुनै व्यक्तिको आदेशबाट चल्ने पनि हुन दिएनौँ । बुर्जुवा बाटोमा जान पनि दिएनौँ,” उनले भने, “यो महाधिवेशन प्रचण्डको आदेशमा होइन, स्थायी कमिटी र केन्द्रीय कमिटीको सर्वसम्मत निर्णयमा यो केन्द्रीय कमिटी निर्वाचित भएको हो । कसै कसैले प्रचण्डले तालिबजाउ भनेर तालि बजाइयो भनियो । यो हाम्रो आन्तरिक जनवादको अपमान हो । कसैको आदेशमा चल्यो भन्ने टिप्पणी भन्दा विडम्बना केही छैन ।”
उनले पार्टीलाई राष्ट्र र जनताप्रति समर्पित गर्ने संकल्प लिएर आएका बताए ।
Comments
अरु समाचार
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...











