दुर्गा प्रसाईको गगन थापालाई कटाक्षः बाख्रा फर्म चलाउन नसक्नेबाट जनताले के समृद्धीको आस गर्ने ? (सम्बोधनको पुर्णपाठ)
काठमाडौं । नेकपा एमालेका केन्द्रिय सदस्य तथा लोकप्रिय नेता दुर्गा प्रसाईले गगन थापालाई कटाक्ष गर्दै बाख्रा फर्म चलाउन नसक्ने नेताबाट जनताले के को समृद्धी आस गर्ने भनेका छन ।
नेकपा एमाले संखुवासभा जिल्ला अधिवेशन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै नेता प्रसाईंले कांग्रेस महामन्त्री थापालाई कटाक्ष गरेका हुन ।
नेता प्रसाईंले गगन थापालाई ईंगित गर्दै भने, “भृकुटी कागज कारखाना २०४९ साल कार्तिक ५ गते बेचियो, सरकारमा को थियो ? काँग्रेस हो की होइन ? हरिसिद्धि इटा टायल कारखाना कार्तिक १४ गते २०४९ सालमा बेचियो, सरकारमा को थियो ? काँग्रेस हो की होइन ? त्यसको ठिक १० दिन पछि अर्थात २०४९ साल कार्तिक २४ गते बाँसबारी छालाजुत्ता कारखाना सौदाबाजिमा पर्यो, सरकारमा को थियो ? काँग्रेस हो की होइन ? त्यसको ठिक बर्ष दिन नबित्तै बालाजु कपडा उध्योग २०५० साल मंशिर १७ गते बेचीयो, सरकारमा को थियो ? काँग्रेस हो की होइन ? पूर्वको झापा र इलामका सातहज्जार बिगाहा चिया कमानहरु बेचेर खाने गर्ने काँग्रेस हो कि होइन ?”
नेता प्रसाईंले कांग्रेसको पालामा बेचिएको उधोग र कलकारखानाहरु पुनस्थापना अब नेकपा एमालेले गर्ने उल्लेख गर्दै भने, “तपाइहरु ढुक्क हुनुहोस् नेकपा एमालेले कांग्रेसका पालामा बेचिएका उध्योग धन्दा कलकारखानाहरुको पुनस्थापना गरेर देशमा औध्योगिक युगको सुरुवात गर्ने छ । विदेशमा रहेका एक करोड बढी नेपालीहरुलाई आफ्नै देशमा रोजगारीको अबसर दिएर घर फिर्ती गर्ने अभियानको सुरुवात एमालेले गर्नेछ । हामी गर्नेछौं । हाम्रो पार्टीले गर्नेछ । हामी सँग त्यो योजना छ । हामीलाई आफु बन्नु छैन हामी देश बनेको हेर्न चाहन्छौं । खाडिको ५० डिग्रिको भुँङ्ग्रोमा पसिना बगाउने नेपाली दाजु भाईहरु हाम्रै देशमा फर्केर काम गर्ने बाताबरण सृजना गर्नेछौं त्यसको नेतृत्व एमालेले गर्नेछ । ”
दुर्गा प्रसाईंले अब जनताले कांग्रेस र माओवादीबाट देश विकास हुदैन भनेर बुझिसकेको जिकिर गर्दै अब हरेक जिल्लाबाट हजारौं माओवादीका कार्यकर्ताहरु एमालेमा प्रवेश गर्ने कुरा उल्लेख गरेका छन् । अब केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन युवाहरु एक जुट भएर लाग्नुपर्ने बताउंदै नेता प्रसाईंले अबको निर्वाचनमा एमालेको बहुमत आउने विश्वस्त समेत पारेका छन् ।
सम्बोधनको पुर्णपाठ हेर्नुहोस्
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












