बहिनी ज्वाई पोखरेललाई राजदूत बनाउन माधव नेपालको दबाब
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना बहिनी ज्वाई कैलाशराज पोखरेललाई अस्ट्रेलियाको राजदूत बनाउन प्रधानमन्त्री शेरबहादुर देउवामार्फत परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई दबाब दिएका छन् । उनले पूर्वसहसचिव पोखरेललाई राजदूत बनाउन दबाब दिइरहेको बालुवाटार स्रोतले जानकारी दियो ।
पार्टीभित्र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाक्री तथा पार्टीका उपसहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाको विरोधका बाबजुद राजदूत बनाउन सिफारिस गर्दै छिटो नियुक्तिका लागि सिफारिस गर्न दबाब दिएका हुन् ।
एमालेको महासचिव र वरिष्ठ नेता हुँदा पनि नेपालले आफ्ना बहिनी ज्वाइँ पोखरेललाई सधैभरि मालामाल हुँने र विदेश डलरमा तलव भत्ता बुझ्ने पदमा नियुक्ति दिएर परिवार र नाताबादलाई प्रोत्साहन दिएका थिए।
नेपालका बहिनी ज्वाई पोखरेल जेठानको कृपाले सधै अर्थ मन्त्रालय र विदेशस्थित कुटनैतिक नियोगमा मात्र लामो समय बसे । ओखलढुंगा निवासी पोखरेलको अग्रेजी भाषा ज्ञान सामान्य भए पनि उनले ३४ वर्षे जागिर जीवनमा झण्डै १६ वर्ष विदेशमै विताएका थिए । आर.आर. क्याम्पसबाट अर्थशास्त्रमा स्नातक र जनप्रशासनमा स्नातकोत्तर गरेका पोखरेल कार्यक्षमता र कार्यसम्पादन अतिकमजोर भए पनि नेपालको परिवारवादको कारण युएनआईडिओमा लगानी प्रवर्द्धन अधिकृत, युएनमा नागरिक मामिला अधिकृत, विश्व बैंकको सल्लाहकारका रूपमा वासिङटन डिसिमा बस्ने मौका पाएका थिए । त्यति मात्र होइन उपसचिव जाने अमेरिकी दुतावासको इकोनोमिक काउन्सिलरमा सहसचिव पोखरेललाई पठाइएको थियो । अमेरिकामा इकोनोमिक काउन्सिलर हुँदा उनले नेपाल–अमेरिका व्यापार बृद्विमा कुनै उल्लेखनीय काम गरेर देखाउन सकेका थिएनन ।
अमेरिकी दुताबासमा पोखरेलकै लागी इकोनोमिक काउन्सिलर पद सिर्जना गरिएको थियो । अहिले दुतावासमा यो पद छैन र पोखरेल नियुक्त हुन अघि पनि यो पद थिएन ।
जागिर अवधिभर अर्थ मन्त्रालयको वैदेशिक सहायता महाशाखामा बसेर काम गरेका पोखरेलले सहसचिबाट अवकाश पाएका थिए ।
प्रत्येक नेताहरूका एक एक जना सिफारिस हुँदा सत्ता गठबन्धनमा कुरा नमिलेर चीन, जापान, अष्ट्रेलिया, दक्षिण कोरियालगायत दर्जन बढी मुलुकमा अझै राजदुत सिफारिस हुन सकेको छैन । परराष्ट्रमन्त्री डा. खडकालाई गठबन्धन दलका शिर्ष नेताहरूले राजदुत नियुक्तिको प्रकृया अघि बढाउन दैनिक जसो दबाब पर्दै आएको उनको सचिवालयले जानकारी दिएको छ ।
कुन– कुन देशको राजदुत कुन–कुन दललाई दिने भन्ने भागवण्डा मिलिसकेको छैन । चीन, साउदी अरब, कतारमा नेकपा (माओवादी केन्द्र)ले, नेकपा (एकीकृत समाजवादी)ले जापान, दक्षिण कोरिया, अष्ट्रेलियामा राजदुत कोटा पाउनु पर्ने दबाब दिइरहेको छ । चीनको राजदूतका लागि सभामुख अग्नि सापकोटाका छोरा डा. रुपक सापकोटाले प्रयास गरिरहेका छन् । सापकोटाले चीनबाटै नेपाल–चीन परराष्ट्र मामिलामा विद्यावारिधि गरेका छन ।
उनले चीनको राजदुत सिफारिसमा पर्ने निश्चित भएपछि परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशकबाट तीन महिनाअघि राजिनामा दिएका थिए ।
यता नेकपा (एकीकृत समाजवादी)ले डा.मिलन तुलाधर, डा. युवराज संग्रौला, सिफारिस गर्न तयारी गरेको बुझिन आएको छ ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












