हरि खड्काविरुद्ध अख्तियारको मुद्दा, आईएको नक्कली प्रमाणपत्र देखाएर प्रहरीमा जागिर खाएको दाबी
काठमाडाैँ । नेपाली महिला फुटबल टिमका पूर्वप्रशिक्षक हरि खड्काविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
नक्कली शैक्षिक प्रमाण-पत्र लिएर प्रहरी सहायक निरीक्षक (असई) मा नियुक्त भएर जागिर खाएको आरोपमा खड्काविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो।
बुधबार अख्तियारले विशेष अदालतमा खड्काविरूद्धको अभियोगपत्र पेस गरेको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताए।
अनुसन्धानमा खड्काले भारतको माध्यमिक शिक्षा परिषद वाराणशी उत्तरप्रदेशबाट जारी भएको आईएको नक्कली प्रमाण पत्र पेस गरी भर्ना भएको देखिएको छ।
खड्का २०५५ साल कात्तिक १ गते असईमा भर्ना भएका थिए। उनी महानगरीय प्रहरी गण नम्बर २ मा दरबन्दी भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान केन्द्रीय खेलकुद गतिविधिमा कार्यरत् थिए।
खड्का २०५९ साल पुस १४ गते प्रहरी नायब निरीक्षक पदमा बढुवा भएका थिए। खड्का हाल भने सेवा निवृत्त भइसकेका छन्।
खड्कालाई साबिक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२ र २९ तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) अनुसार सजाय हुन माग गरी मुद्दा दायर गरिएको सहायक प्रवक्ता भण्डारीले बताए।
नेपाल पुलिस क्लबबाट सन् २००३ देखि २००६ सम्म खेलेका खड्का त्यसपछि ६ वर्ष पुलिस फुटबल टिमको व्यवस्थापकीय भूमीका रहेका थिए। त्यसपछि खड्काले पुलिसको जगिरबाट राजीनामा दिएका थिए।
उनी गत वर्ष राष्ट्रिय खेलकुद परिषद (राखेप) को बोर्ड सदस्य नियुक्त भएका थिए। मन्त्रिपरिषद् बैठकले उनलाई राखेपको सदस्यमा नियुक्त गरेको थियो।
खड्का अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालको तर्फबाट सर्वाधिक गोलकर्ता मध्येका एक हुन्। सन् १९९५ देखि २००६ सम्म नेपाली राष्ट्रिय टिमबाट खेल्दा खड्काले अन्तर्राष्ट्रिय फुटबलमा १३ गोल गरे। उत्ती नै गोल निराजन रायमाझीको नाममा पनि छ।
खड्का नेपाली राष्ट्रिय महिला फुटबल टिमको पूर्व प्रशिक्षक हुन्। नेपालमै २०७६ मंसिर १५ देखि २४ गतेसम्म भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि खड्काले प्रशिक्षकबाट राजीनामा दिए थिए।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












