राष्ट्रिय सभा निर्वाचनको नतिजा ‘जनादेशलाई खण्डित गर्ने षडयन्त्रको अन्तिम भोज’: महासचिव पोखरेल
काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बुधबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको नतिजालाई ‘जनादेशलाई खण्डित गर्ने षडयन्त्रको अन्तिम भोज’को संज्ञा दिएका छन्।
राष्ट्रिय सभामा रिक्त रहेका १९ सदस्य पदका लागि बुधबार सम्पन्न निर्वाचनबाट एमाले एक सिटमा मात्र विजयी भएको छ भने बाँकी सबै सिट सत्ता गठबन्धनका उम्मेदवारले जितेका छन्।
परिणाम सार्वजनिक भएलगत्तै एमाले महासचिव पोखरेलले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको हुन्।
‘वामपन्थी सरकार ढालेर कांग्रेसलाई सरकारको नेतृत्व सुम्पेको नजरानास्वरूप यस चुनावमार्फत प्रचण्ड र माधव नेपालहरूले आफ्नो दलीय हैसियतभन्दा अतिरिक्त लाभ हासिल गरेका छन्’, पोखरेलले भनेका छन्, ‘तर पनि यस निर्वाचनमा पाँचदलीय गठबन्धनका उम्मेदवारले गठबन्धनको मतभारभन्दा कम मत प्राप्त गरेका छन्।’
नेकपा एमालेका अधिकतर उम्मेदवारले आफ्नो दलीय भोटभन्दा बढी मत प्राप्त गरेको दाबी पनि उनले गरेका छन्।
‘स्थानीय तहका जनप्रतिनिधिहरूको अतिरिक्त भोट नेकपा एमालेका उम्मेदवारलाई प्राप्त भएको छ’, एमाले महासचिव पोखरेलको दाबी छ, ‘यसबाट स्थानीय तहलाई कमजोर बनाउने गठबन्धनको प्रयासप्रति सत्तापक्षका जनप्रतिनिधिको असन्तुष्टि प्रकट हुन खोजेको छ।’
गठबन्धनका अन्य उम्मेदवारको तुलनामा नेपाली कांग्रेसका उम्मेदवारले सबै प्रदेशमा कम भोट पाएको उनको भनाइ छ।
पाँच दलीय गठबन्धनको मोर्चाबन्दीबीच पनि प्रदेश १ मा एमालेका एक जना उम्मेदवार विजय भए भने एक जना बराबरी मत आएर गोलाप्रथा गर्दा हारे। यस निर्वाचनपछि पनि राष्ट्रिय सभामा एमाले पहिलो दलकै हैसियतमा कायम छ।
अब हुने सबै निर्वाचन प्रत्यक्ष हुने भएकाले गठबन्धन कमजोर हुने र एमाले थप सुदृढ हुने आधार समेत यस निर्वाचनले संकेत गरेको दाबी पोखरेलले गरेका छन्।
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












