शनिबार सत्ता गठबन्धन बैठक, एजेण्डा स्थानीय निर्वाचन मिति
काठमाडाैँ । स्थानीय तहको निर्वाचन मितिबारे छलफल गर्न सत्तारुढ पाँच दलीय सत्ता गठबन्धनको बैठक भोलि (शनिबार) बस्ने भएको छ।
शनिबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बोलाइएको राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन्।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारलाई दबाब दिइरहेको छ।
आगामी वैशाख २२ गते निर्वाचन गर्ने गरी प्रस्ताव गरेकै मितिमा चुनाव गर्न आयोगले पटक पटक दबाब दिइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको बैठक बोलाएका हुन्।
आगामी निर्वाचनबारे देउवा, प्रचण्ड र नेपालबीच छलफल
शुक्रबार बिहान प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएको थियो।
उक्त छलफलमा राष्ट्रिय सभाको माघ १२ गते भएको निर्वाचनको समीक्षाका साथै स्थानीय तह निर्वाचनका लागि आयोगको ताकेताबारे पनि समीक्षा भएपछि गठबन्धनको बैठक बसेर निर्णय गर्ने समझदारी भएको हो।
‘भोलि बिहान ९ बजे गठबन्धनको बैठक बोलाइएको छ,’ पौडेलले नेपालखबरसँग भनिन्, ‘स्थानीय तह निर्वाचन मितिबारे कुरा हुन्छ। बुधबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनको पनि सम्भवत: समीक्षा हुनेछ।’
गठबन्धनका दलहरुमा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले संविधानसँग स्थानीय निर्वाचन ऐन बाझिएकाले संशोधन गरेर मात्रै चुनावी मिति घोषणा गर्न सुझाइरहेका छन्।
यसअघि माघ ९ गते गठबन्धनले कानुनविद्हरुसँग स्थानीय निर्वाचनको विषयमा छलफल गरेका थिए।
कानुनविद्हरुले पनि स्थानीय निर्वाचन ऐन २०७३ संशोधन गरेर वैशाख वा असारदेखि ६ महिना हुने गरी मंसिरभित्र चुनाव गर्न सुझाव दिएका छन्।
Comments
अरु समाचार
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...












