अनेरास्ववियुका कार्यकर्ताले सञ्चारमन्त्री कार्कीलाई देखाए कालोझण्डा
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका विद्यार्थीहरुले मंगलबार सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीलाई कालोझण्डा देखाएका छन् ।
वर्तमान सरकार नियतबस नै स्थानीय तहको निर्वाचन टार्ने खेलमा लागेको भन्दै अनेरास्ववियुले आन्दोलन गर्र्दै आएको छ ।
आन्दोलनका कार्यक्रम अन्तर्गत स्थानीय तहको चुनाव मिति नतोकिएकाले प्रतिकात्मक रुपमा मंगलबार मन्त्रीहरुलाई कालोझण्डा देखाइएको अनेरास्ववियुले जनाएको छ ।
उनीहरुले मंगलबार बिहान मन्त्रीनिवास ललितपुरको पुल्चोक क्षेत्रको भित्रि सडक तथा मुल सडकमै मन्त्री कार्कीलाई नाराबाजीसहित कालोझण्डा देखाएका हुन् । उनीहरुले मन्त्री सवार गाडीमा कालोझण्डा समेत फालेका छन् ।
वर्तमान सरकार स्थानीय तहलाई जनप्रतिनिधिबिहीन बनाउने खेलमा लागेको आरोपसहित अनेरास्ववियु आन्दोलित छ ।
सत्ता गठबन्धनले स्थानीय तहसहित तीनै तहको चनाव आउँदो कात्तिक–मंसिरमा गर्ने गरी छलफल गरेको थियो । तर सहमति नजुटेपछि आउँदो जेठमै चुनाव गर्ने तयारी सरकारले गरिरहेको छ ।
Comments
अरु समाचार
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...











