एमसीसी सम्झौता टेबुल हुने, माओवादी र समाजवादीले सांसदलाई ह्वीप नलगाउने
काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग सम्झौता– एमसीसी कम्प्याक्ट, टेबुल गर्न आफ्नो कुनै रोकावट नहुने बताएसँगै सम्झौताका सम्बन्धमा संसद्मा छलफल गर्ने बाटो खुल्ने भएको छ ।
सोमबारको सर्वदलीय बैठकपछि सभामुख सापकोटाले आफू अम्पाएर (रेफ्रि)मात्र भएको र दलहरु नै यसमा निर्णायक भएको बताएका छन् ।
सरकारका एक मन्त्रीका अनुसार सम्झौता बुधबारको बैठकमा पनि टेबुल हुनसक्छ । सत्तारुढ गठबन्धनमै एमसीसी सम्झौताका विषयमा एउटै दृष्टिकोण छैन । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सार्वजनिक खपतका लागि विरोध गरेपनि सम्झौता अनुमोदन गर्न सघाउने बताएका छन् ।
ती मन्त्रीका अनुसार माओवादी केन्द्र र एकीकृत समाजवादीले संसदमा सम्झौता टेबुल हुँदा के गर्ने भन्नेबारे केही विकल्पमा छलफल भएको थियो । पहिले उनीहरूले उक्त दिन संसद बहिष्कार गर्ने भनेपनि पछिल्लो छलफलमा भने सांसदहरूलाई ह्वीप नलगाउने र बहिष्कार गर्न आह्वान पनि नगर्ने भएका छन् ।
सुरुमा बहिष्कार गर्ने भनेपनि प्रमुख प्रतिपक्षी एमाले भने अझै पर्ख र हेरको अवस्थामा रहेकाले संसदमा गणपुरक संख्या पुर्याउनका लागि सत्तारुढ माओवादी र समाजवादीले ह्वीप नलगाउने भएका हुन् ।
ती दलका शीर्ष नेताले भने बहिष्कार गर्ने वा संसदमा त्यसको विरोधमा नाराबाजी गर्ने विकल्प रोज्न सक्ने बुझिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसनका अध्यक्षलाई संयुक्त पत्र लेखेर फागुन १६ भित्र सम्झौतालाई अनुमोदन गराउने बताएका थिए ।
Comments
अरु समाचार
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...











