बालुवाटारमा सत्तागठबन्धनको बैठक सुरु
काठमाडौं । एमसीसीमा सहमति जुटाउने प्रयासस्वरुप सत्तागठबन्धनको ‘निर्णायक बैठक’ प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ ।
संसद बैठक बस्नुअघि नै एमसीसीबारे गठबन्धनका दलहरुबीच सहमति जुटाउने प्रयासस्वरुप बैठक बसेको हो ।
संसद बैठक दिउँसो १ बजेका लागि डाकिएको छ भने सत्तागठबन्धनको बैठक १० बजे बोलाइएको छ । शुक्रबार नै गठबन्धनको निर्णायक बैठक हुने भनिए पनि नेकपा एसले समय मागेका कारण आजसम्मका लागि स्थगित गरिएको थियो ।
नेकपा एसको हिजो बसेको स्थायी कमिटी बैठकले एमसीसी संसदमा टेबल हुनपर्ने तर त्यसको पक्षमा मतदान नगर्ने निर्णय गरेको छ । सत्ताघटक माओवादी केन्द्रले यथास्थितिमा एमसीसी अनुमोदन भए सरकारबाटै बाहिरिने निर्णय गरिसकेको छ । तर पछिल्लो समय माओवादी पनि एमसीसीको पक्षमा लचिलो भएको बुझिएको छ ।
आजको संसदको सम्भावित कार्यसूचीमा एमसीसीको विषय राखिएको छैन । संसद बैठकअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद बैठकको अन्तिम कार्यसूची तय गर्नेछ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने संसद अवरोध कायमै राख्ने जनाएको छ ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको...
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
निर्वाचनको समीक्षा गर्न भोलि (मंगलबार) केन्द्रीय कार्यसमितिको बैठक, गगन थापाले सभापतित्व गर्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव...












