एमसीसी सदनमा टेबल गर्न माओवादी तयार, पक्षमा भाेट नदिने
काठमाडाैँ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले पनि अमेरिकी सहायता परियाेजना एमसीसी अनुमाेदनका लागि प्रतिनिधिसभामा पेस हुन दिनेमा सहमति प्रकट गरेकाे छ । यद्पि एमसीसीलाई सदनमा टेबल गर्ने कुरा सभामुखमा भर पर्ने उसले बताएकाे छ ।
माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले सदनमा पेस हुन दिने कुरामा सहमति जनाए पनि आफूहरूले एमसीसीकाे पक्षमा मतदान नगर्ने बताए ।
उनले भने, ‘एक नम्बर कुरा हामी एमसीसीकाे पक्षमा भाेट हाल्दैनाैँ । जहाँसम्म सदनमा पेस गर्ने कुरा छ त्याे सभामुखज्यूले निर्णय गरेमा हामीले नमान्ने कुरा हुँदैन ।’ उनले संसदीय व्यवस्थामा सरकारले ल्याएका विधेयकहरू सभामुखले सदनमा लैजानबाट राेक्न नमिल्ने बताए । उनले एमसीसी पेस हुनका लागि सबैभन्दा पहिले सदनकाे अवराेध खुल्नुपर्ने कुरा आफूहरूले राखेकाे बताए ।
शिलापत्रसँग उनले भने, ‘सदनमा विपक्षले अवराेध गरिरहेका बेला एमसीसी पेस गर्ने कि नगर्ने भन्ने कुरा हामीले राखेकाे हाे । अब सभामुखले हुन्छ अघि बढाैँ भन्ने निर्णय लिनुभयाे भने त्याे उहाँकाे कुराे हाे । हामीले त राय दिने न हाे ।’
यसअघि संसदीय दलकाे बैठकबाट एमसीसी सदनमा टेबल भए सरकार छाड्ने निर्णय माओवादी केन्द्रले गरेकाे थियाे । आज दिउँसाे १ बजे प्रतिनिधिसभाकाे बैठक बस्दैछ । त्यसअघि साढे ११ बजे सभामुख अग्नि सापकाेटाले ससदकाे कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिकाे बैठक बाेलाएका छन् । त्यसअघि एमसीसीबारे निर्णय लिन सत्ता गठबन्धनकाे बैठक बस्दैछ । संसद सचिवालयले शनिबार सार्वजनिक गरेकाे संसद बैठककाे सम्भावित कार्यसूचीमा भने एमसीसी परेकाे छैन ।
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












