गगन थापा, ज्ञानेन्द्र कार्की र प्रकाशशरण महतको सुरक्षा बढाइयो
काठमाडौं । सरकारले नेपाली कांग्रेसका तीनजना नेताहरूको सुरक्षा बढाएको छ । कांग्रेस महामन्त्री गगन थाापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की र पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको सुरक्षा बढाइएको छ ।
थापा, कार्की र महतले अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौताको पक्षमा बोल्दै आएकाले जोखिम हुन सक्ने भन्दै सुरक्षा बढाइएको हो ।
एमसीसी संसद् टेबल भइसकेको छ । एमसीसीविरुद्ध सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का नेता–कार्यकर्ताहरू निरन्तर आन्दोलनमा छन् ।
केही दिनअघि मात्रै नयाँ बानेश्वरमा प्रहरी र प्रदशनकारीबीच झडप समेत भएको थियो ।
एक उच्च प्रहरी अधिकारीले भने, “थापा, कार्की र महत एमसीसीको पक्षमा बोल्दै आउनुभएको छ । यस्तोमा प्रदर्शनकारीबाट उहाँहरूमाथि आक्रमण हुन सक्ने सम्भावना रहन्छ । त्यसैले उहाँहरूको सुरक्षालाई ध्यान दिएका छौँ । उहाँहरू सहभागी कार्यक्रममा पनि विगतभन्दा बढी प्रहरी खटाइरहेका छौँ ।”
महामन्त्री थापाले एमसीसीको विरोध पनि गर्ने र सरकारमा पनि बसिरहने माओवादी प्रवृत्तिको निरन्तर आलोचना गर्दै आएका छन् ।
गृह मन्त्रालयले एमसीसीको पक्षमा बोल्दै आएका अरू व्यक्तिको सुरक्षामा पनि ध्यान दिन निर्देशन दिएको बताइएको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












