एमसीसीमा जसले समर्थन गर्छन् उनीहरू राष्ट्रिय गद्दार हुन् : भीम रावल
काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भीम रावलले एमसीसी राष्ट्रघाती भएको भन्दै यसलाई संसद्बाट पास गर्न नहुने भन्दै आपत्ति जनाएका छन् ।
एमसीसीले नेपालको स्वातन्त्रता, राष्ट्रयता र स्वाधिनतामा आघात पुग्ने भन्दै यसलाई पास गर्न नहुने उनको जिकिर छ ।
राष्ट्रिय स्वाधिनताका गम्भीर विषयलाई संसद्मा चलेको होहल्लाका बीच छलफलमा लैजान पनि नहुने उनको बताएका छन् । आइतबार संसद् बैठकमा नेता रावलले यस्तो बताएका हुन् ।
‘एमसीसीलाई संसद्मा पेस गर्नु नै देशको अपमान हो । देश र जनताप्रति धोका हो । यसमा जजसले समर्थन गर्छन् उनीहरू राष्ट्रिय गद्दार हुनेछन्’ नेता रावलले भने ।
एमसीसी राष्ट्रघाती भएको भन्दै एमसीसी सम्झौतालाई संसद्बाट अस्वीकार गरियोस् भनी उनले सबै समक्ष आह्वान समेत गरेका थिए । एमसीसी लागू भएमा नेपालले अमेरिकी कानुन मान्नुपर्ने भन्दै नेपालको स्वतन्त्र परराष्ट्र नीतिमा पनि आघात पुग्ने उनको तर्क थियो ।
नेता रावलले एमसीसीमा रहेका कतिपय प्रावधानप्रति आपत्ति जनाउँदै आएका छन् । त्यसले नेपालको स्वाधिनता हनन् गर्दै नेपाललाई उपनिवेशको बाटोमा धकेलेको उनको भनाइ छ ।
Comments
अरु समाचार
-
सार्कलाई सक्रिय बनाउन आबद्ध मुलुकको भूमिका आवश्यक : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले मङ्गलबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री...
-
संविधान संशोधनको विषयमा छलफल प्रारम्भ गरिसकेका छौँः गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन समावेशितालाई कमजोर गर्ने नभई थप सुदृढ गर्नका लागि हुने बताएका छन्। मंगलबार काठमाडौँमा...
-
प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री...
-
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन सरकारको आग्रह
काठमाडौं । सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायत मुलुकहरूमा जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकलाई तीनबुँदे यात्रासम्बन्धी सूचना (ट्राभल...
-
न्याय प्रशासन प्रभावकारी पार्न सरकारी वकिलको क्षमता बढाऔँ: प्रधानन्यायाधीश राउत
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले फौजदारी न्याय प्रशासन प्रभावकारी बनाउन सरकारी वकिलको क्षमता र व्यावसायिकता बढाउन जरूरी रहेको बताउनु...
-
लेखा समिति सभापतिकी श्रीमती अदालत उपस्थित हुनुपर्छ : नेता भट्टराई
काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला अदालतमा उपस्थित हुनुपर्ने बताएका छन्...
-
एमाले केन्द्रीय सचिवालय बैठक बुधबार बस्दै
काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी बुधबार (पुस १० गते) ललितपुर च्यासलस्थित एमाले केन्द्रीय...
-
राष्ट्रपति समक्ष पाँच राजदूतको शपथ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालयमा...
-
लगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूतिको सम्झौता
काठमाडौं । नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूतिको सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार...