देशको पक्षमा बोलेर ओली ‘महाहिरो’ बनेको भए म खुसी नै हुने थिएँ : रावल
काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले पार्टीको विधान, प्रतिवेदन र संगठनात्मक प्रस्तावअनुसार नै आफूले एमसीसी अनुदान सम्झौताको विरोध गरेको बताएका छन् ।
प्रतिनिधिसभामा पार्टीले वेल घेराउ गरिरहेका बेला एमसीसीमाथिको छलफलमा भाग लिएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले मंगलबार रावलले अनुशासनहीन काम गरेको बताएका थिए । बुधबार सामाजिक सञ्जालमार्फत ओलीको भनाइको जवाफ दिँदै रावलले आफू पार्टीसिद्धान्त अनुरुप उभिएको र संसद्को छलफलमा सहभागी हुन नदिनु आत्मकेन्द्रित, आत्मप्रचारक सोच र पार्टीको सिद्धान्त, र नीतिविपरीत भएको बताएका छन् ।
एमसीसीमाथि धारणा सार्वजनिक गर्न मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै ओलीले पार्टी सल्लाहकार परिषद् सदस्यसमेत रहेका रावलले आत्मकेन्द्रित काम गरिरहेको र त्यसप्रति पार्टीको ध्यानाकर्षण भएको बताएका थिए । साथै रावल ‘व्यक्तिगत रूपमा हिरो’ बन्न खोजेको समेत ओलीले बताएका थिए । ओलीले भनेका थिए, ‘मैले संसदीय दलको बैठकमा व्यक्तिगत रूपमा टिकाटिप्पणी नगर्न उहाँलाई भनेको थिएँ,’ उनले भने, ‘तर, उहाँले व्यक्तिगत रूपमा हिरो हुने काम गर्नुभयो ।’
त्यस्तै आफूले राष्ट्रिय स्वाधिनता र हितको पक्षमा संसद्मा आवाज उठाउँदा मन पोलेको भए देशको पक्षमा बोलेर ओली ‘महाहिरो’ भएको भए आफू खुसी नै हुने पनि रावलले बताएका छन् । उनले लेखेका छन्, ‘राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तब्य अनुरुप संसद्मा बोल्दा मैले ‘हिरो’ हुन खोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफै देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुसी नै हुने थिएँ । देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया ।’
आइतबार एमसीसी प्रतिनिधिसभामा निर्णयार्थ प्रस्तुत हुने क्रममा सांसद रावलले विरोध गरेका थिए । ओली नै संसद्मा उपस्थित रहेका बेला रावल रोष्ट्रममा गएर संसदीय प्रक्रियामा सहभागी भएका थिए । उनले विगतदेखि नै एमसीसी सम्झौताको विरोध गर्दै आएका छन् । उनी संसद्मा एमसीसी सम्झौतालाई निर्णयार्थ प्रस्तुत गर्ने क्रममा मतविभाजनमा समेत सहभागी भएका थिए । उनीसँगै सांसद झपट रावल पनि निर्णय प्रक्रियामा सहभागी भएर एमसीसी सम्झौताको विपक्षमा मत जाहेर गरेका थिए । एमालेले भने एमसीसी सम्झौता पारित भएसकेकाले अब कार्यान्वयनमा जानुपर्ने धारणा सार्वजनिक गरेको छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












