यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय
काठमाडौं । सरकारले विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश श्रीकान्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विशेष अदालतमा सदस्यहरु पनि तोकिएको जानकारी दिए ।
सरकारले भूतपूर्व व्रिटिस गोर्खा सैनिकहरुका सम्बोधन हुन बाँकी रहेका मागहरुको बारेमा संयुक्त अधिराज्य सरकारसँग वार्ता गर्न प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ ।
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु :
१) पेट्रोलियम पदार्थ र ग्यासका विषयमा नेपाल भारतबीच जोइन्ट वर्किङ ग्रुप इन आइल एन्ड द ग्यासको तेस्रो बैठक आपसी सहमतिबाट मिति र स्थान तय गरी आयोजना गर्ने । सो बैठकमा नेपाल पक्षको प्रतिनिधित्व गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने ।
२) विभिन्न प्रशारण लाइन आयोजनाहरुका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही गर्ने अधिकारी तोक्ने ।
३) विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश श्रीकान्त पौडेल, सदस्यमा उच्च अदालत जनकपुर विरगञ्जका न्यायाधीश रमेश कुमार पोखरेल, उच्च अदालत विराटनगरका न्यायाधीश यमुना भट्टराई, उच्च अदालत पोखरा बागलुङ इजलासका न्यायाधीश सालिकराम कोइराला, उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश बलभद्र बास्तोला र उच्च अदालत पाटनका न्यायाधीश खुसी प्रसाद थारु तथा राजश्व न्यायाधीकरण काठमाडौंको कानुन सदस्य एमवं अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश टेकप्रसाद ढुंगानालाई तोक्ने ।
४) खानेपानी महसुल निर्धारण आयोगको अध्यक्ष एवम् सदस्य सिफारिस समितिको सदस्यमा कपिलबस्तुका भुपेन्द्रप्रसाद अर्याललाई नियुक्त गर्ने ।
५) भूतपूर्व व्रिटिस गोर्खा सैनिकहरुका सम्बोधन हुन बाँकी रहेका मागको बारेमा संयुक्त अधिराज्य सरकारसँग वार्ता गर्न संयुक्त अधिराज्यका राजदूतको प्रतिनिधित्वमा नेपाली वार्ता कमिटीको गठन गर्ने ।
६) प्रोफेसर यदुनाथ खनाल प्रोफेसन श्रृङ्खला सम्बन्धी अवधारणा पत्र स्विकृत गरी प्रदर्शनको मिति रुपरेखा शीर्षक तथा मुख्य वक्ता प्रवचनकर्ता छनोटलगायत विषयमा आवश्यक निर्णय गर्न परराष्ट्रमन्त्रीको अध्यक्षमा निर्देशक समिति गठन गर्ने
।
७) नेपाल सरकार र इजरायल सरकारबीच सांस्कृतिक शिक्षा विज्ञान र खेलकुदको क्षेत्रमा सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्रमन्त्रालयलाई अख्तियारी प्रदान गर्ने ।
८) टर्कीको अन्तालियामा आयोजना हुने अन्तालिया डिप्लोमेसी फोरम तथा अंकारामा हुने दुईपक्षीय बैठकमा भाग लिन परराष्ट्रमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने ।
९) परराष्ट्रमामिला अध्ययन प्रतिष्ठान विकास समितिको सदस्यमा दुर्गाप्रसाद भट्टराई, प्राध्यापक डाक्टर कुसुम शाक्य, प्रज्ञा घिमिरे, बालानन्द शर्मा, शेखर गोल्छा, प्रेमप्रसाद लिम्बुलाई मनोनयन गर्ने ।
१०) नेपाल र दक्षिण अफ्रिकाको परराष्ट्र मन्त्रालयबीच दुई पक्षीय परामर्श संयन्त्रको फागुन २६ र २७ मा हुने प्रथम बैठक तथा नेपाल र ओमानको परराष्ट्रमन्त्रालयबीच दुई पक्षीय परराष्ट्र संयन्त्रको यही चैतमा हुने प्रथम बैठकमा भाग लिन परराष्ट्र मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डल गठन गर्ने ।
११) भूमिका स्थान नगरपालिका अर्घाखाचीलाई १५ सैयाको आधारभूत अस्पात निर्माणका लागि जिल्लाको रहेको ९ रोपनी जग्गा राष्ट्रिय वन क्षेत्र उपभोग गर्न स्वीकृत दिने ।
१२) रुपा गाउँपालिकालाई सरकारी जग्गा लिजमा उपलव्ध गराउन स्वीकृत दिने ।
१३) राजनीतिक पूर्वाग्रह, द्वन्द्ध तथा आन्दोलनका कारण हटाइएका शिक्षकहरु तथा कर्मचारीको विषयमा जाचवुझ गर्न गठित समितिको निष्कर्श र राय सुझाव कार्यान्वयन गर्न शिक्षा मन्त्तालयलाई स्वीकृत दिने ।
१४) नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा श्रेठी विभाजन र नियुक्ति नियमहरु २०५१ को अनुसूची २ मा हेरफेर गर्ने ।
१५) वि.सं. २०७९ सालमा दिइने सार्वजनिक पर्व एवम् सट्टा विदा र कार्यालय समय निर्धारण गर्ने ।
१६) रेडियोधर्मी उपयोग तथा नियमन नियमावली २०७८ स्वीकृत गर्ने ।
१७) पूल निर्माण डिजाइन र निर्माण सम्झौता दर विश्लेषणको नम्स स्वीकृत गर्ने ।
१८) राष्ट्रिय राजमार्गको छेउमा पेट्रोल, डिजेल तथा एलपी ग्यास भर्ने स्टेसन सम्बन्धी मापदण्ड भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जारी गर्ने ।
१९) लोकसेवा आयोग र बढुवा समितिको सिफारिस वमोजिम विभिन्न सेवा समूहका राजपत्राकिंत द्वितिय श्रेणीका अधिकृतहरुलाई सम्बन्धित सेवा समूहको राजपत्रांकित प्रथम श्रेणिको सहसचिव वा सो सरहको पदमा बढुवा नियुक्ति तथा पदस्थापन गर्ने ।
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












