राष्ट्रिय स्वाधीनताको रक्षा र सुदृढ गर्दै आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा एकजुट हुन प्रचण्डको आव्हान
काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट नै नागरिकले आफ्ना जातीय, सांस्कृतिक, अधिकार र पहिचान प्रत्याभूत गर्न पाएको बताएका छन् ।
नेपाली बौद्धमार्गी तथा हिमाली आदिवासी शेर्पा समुदायले मनाउने ग्याल्बो ल्होसार पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै प्रचण्डले बलिदानबाट प्राप्त यिनै उपलब्धिको रक्षा गर्दै देशमा राष्ट्रिय स्वाधीन अर्थतन्त्रको निर्माण गरी समृद्धिको यात्रातर्फ अगाडि बढ्नु पर्ने अहिलेको आवश्यकता भएको बताए ।
उनले यसबाट मात्र संविधानले व्यवस्था गरेको समाजवादी लक्ष्य हासिल गर्न सकिने उल्लेख गर्दै पराधिन र परनिर्भर अर्थतन्त्रले कुनै पनि देशको समृद्धि भएको विश्व इतिहास नभएको उल्लेख गरे ।
पर्वको अवसरमा शेर्पा लगायत सम्पूर्ण नेपाली जनसमुदायमा राष्ट्रिय स्वाधीनताको रक्षा र सुदृढ गर्दै आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा एकजुट हुन आव्हान गरे । यस पर्वले नेपालीहरुमा आपसी हित र मेलमिलापको भावना जागृत गराउँदै देशको समृद्धिमा अग्रसर बन्न प्रेरणा प्राप्तीको कामना गरे ।
उनले देशका विभिन्न समुदायका आ–आफ्ना मौलिक सांस्कृतिक पहिचान देशका अमूल्य सम्पत्ति भएको उल्लेख गरे । हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायको पनि यो आफ्नो बेग्लै मौलिक सांस्कृतिक पर्व भएको बताए ।
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












