काँग्रेस हात्ती होइन पाणो हो, तर ध्रुवे हात्तीको जस्तै उन्माद भयो
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का युवा नेता रञ्जित तामाङले काँग्रेस हात्ती होइन पाणो भएको टिप्पणी गरेका छन् ।
अखिल क्रान्तिकारी पूर्व अध्यक्ष समेत रहेका तामाङले नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङलाई कटाक्ष गर्दै काँग्रेस हात्ती होइन पाणो भएको टिप्पणी गरेका हुन् ।
केही दिन अघि काँग्रेसका उपसभापति गुरुङले काङ्ग्रेसरूपी हात्ती चुनावको मैदानमा लम्किन थालेको भन्दै हात्तीको ठुलो कान देखेर केही चमेराहरू कानमा ओत लाग्न खोजिरहेको टिप्पणी गरेका थिए ।
सोही टिप्पणीको कटाक्ष गर्दै माओवादीका युवा नेता तामाङले सामाजिक सञ्जालमा भनेका छन्, ‘काँग्रेस नेता धनराज गुरुङले भने जस्तो उहाँको पार्टी हात्ती होइन,पाणो सम्म ठिकै हो, तर ध्रुवे हात्तीको जस्तै उन्माद बढी नै भयो कि ! ’
नेता गुरुङले कुनै राजनीतिक दलको नाम उल्लेख नगरेता पनि उनको अभिव्यक्ति माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीप्रति लक्षित रहेको बुझ्न सकिन्थ्यो। सत्ता गठबन्धनमा रहेका दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन चुनावमा पनि सहकार्य गरेर जानुपर्ने बताइरहेका बेला उनले यस्तो टिप्पणी गरेका थिए ।
Comments
अरु समाचार
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
निर्वाचनको समीक्षा गर्न भोलि (मंगलबार) केन्द्रीय कार्यसमितिको बैठक, गगन थापाले सभापतित्व गर्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव...
-
चलचित्र पत्रकार संघ सुनसरीमा नयाँ नेतृत्व, अध्यक्षमा सुवास संकल्प श्रेष्ठ र सचिवमा मनोज दाहाल चयन
धरान । चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको तेस्रो अधिवेशनले चलचित्र पत्रकार सुवास संकल्प श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा...












