माओवादीका पूर्व विद्यार्थी नेताहरु केन्द्रीय सदस्य चयन
काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले बाँकी केन्द्रीय सदस्यको चयन गरेको छ ।
केन्द्रीय समितिको बैठकले ९७ जना केन्द्रीय सदस्य मनोनित गरेको हो । जसमध्ये क्रान्तिकारीका ६ जना निवर्तमान विद्यार्थी नेता परेका छन् । क्रान्तिकारीका पूर्व अध्यक्ष रञ्जित तामाङ, सो कमिटीका उपाध्यक्षहरु तिलकराज भण्डारी, सुरेन्द्र बस्नेत, विजय गौतम, दीपक देवकोटा र महासचि उत्तम अधिकारी सहित ६ जना केन्द्रीय सदस्य चयन भएका हुन् ।
यस्तै पूर्व अध्यक्षहरु रमेश मल्ल र नरेन्द्र न्यौपाने नेताहरु रत्न ढकाल लगायत पनि केन्द्रीय सदस्य चयन भएका छन् । सो संख्या माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाचन गरिरहेका छन् । स्थायीय तहको चुनाव नजिकै आइसकेकाले चुनाव लक्षित कार्ययोजना र कार्यविभाजन गर्दै बैठक आजै सक्ने तयारी रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
८औं राष्ट्रिय महाधिवेशनले निर्देश गरेका बाँकी काम सक्ने, केन्द्रीय समितिलाई पूर्णता दिने, पदाधिकारी चयन गर्ने, चुनाव केन्द्रीत कार्ययोजना र कार्यविभाजन गर्ने र समसामयीक राजनीतिमा उठेका प्रश्नहरुमा पार्टीको आधिकारीक धारणा तय गर्न केन्द्रीय समिति बैठक बसेको थियो ।
शुक्रबार सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव पेश गरेका थिए भने बरिष्ठ नेता नारायणकाजीले एमसीसी परियोजनाका विषयमा फरक मत राखेका थिए । नेता कृष्णबहादुर महराले पनि देव गुरुङ, लिलामणी पोख्रेल लगायतका तर्फबाट लिखित फरकमत राखेका छन् । आइतबार बस्ने भनिएको बैठक आजका लागि स्थगित भएको थियो ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












