माओवादीका पूर्व विद्यार्थी नेताहरु केन्द्रीय सदस्य चयन
काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले बाँकी केन्द्रीय सदस्यको चयन गरेको छ ।
केन्द्रीय समितिको बैठकले ९७ जना केन्द्रीय सदस्य मनोनित गरेको हो । जसमध्ये क्रान्तिकारीका ६ जना निवर्तमान विद्यार्थी नेता परेका छन् । क्रान्तिकारीका पूर्व अध्यक्ष रञ्जित तामाङ, सो कमिटीका उपाध्यक्षहरु तिलकराज भण्डारी, सुरेन्द्र बस्नेत, विजय गौतम, दीपक देवकोटा र महासचि उत्तम अधिकारी सहित ६ जना केन्द्रीय सदस्य चयन भएका हुन् ।
यस्तै पूर्व अध्यक्षहरु रमेश मल्ल र नरेन्द्र न्यौपाने नेताहरु रत्न ढकाल लगायत पनि केन्द्रीय सदस्य चयन भएका छन् । सो संख्या माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाचन गरिरहेका छन् । स्थायीय तहको चुनाव नजिकै आइसकेकाले चुनाव लक्षित कार्ययोजना र कार्यविभाजन गर्दै बैठक आजै सक्ने तयारी रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
८औं राष्ट्रिय महाधिवेशनले निर्देश गरेका बाँकी काम सक्ने, केन्द्रीय समितिलाई पूर्णता दिने, पदाधिकारी चयन गर्ने, चुनाव केन्द्रीत कार्ययोजना र कार्यविभाजन गर्ने र समसामयीक राजनीतिमा उठेका प्रश्नहरुमा पार्टीको आधिकारीक धारणा तय गर्न केन्द्रीय समिति बैठक बसेको थियो ।
शुक्रबार सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव पेश गरेका थिए भने बरिष्ठ नेता नारायणकाजीले एमसीसी परियोजनाका विषयमा फरक मत राखेका थिए । नेता कृष्णबहादुर महराले पनि देव गुरुङ, लिलामणी पोख्रेल लगायतका तर्फबाट लिखित फरकमत राखेका छन् । आइतबार बस्ने भनिएको बैठक आजका लागि स्थगित भएको थियो ।
Comments
अरु समाचार
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...











