लुम्विनी प्रदेशकै एक्ली महिला पालिका अध्यक्ष बराल
लुम्विनी प्रदेशमै एकमात्र महिला बरालले नेतृत्व गरेको पालीका कानुन निर्माणमा अब्बल
बुटवल । गत स्थानीय तहको निर्वाचनमा लुम्बनी प्रदेशका स्थानीय तहहरूमा नौजना महिलाले पालिका प्रमुखमा उम्मेदवारी दिएका थिए । तर, पुर्वी रूकुमको सिस्ने गाउँपालिकाकी कुमारी बराल गौतमले मात्रै चुनाव जितिन् । बाँकी पालिकाका उम्मेदवार पराजित भए । लुम्बिनी प्रदेशमा १०९ स्थानीय तह छन् ।
गाउँपालिकाको नेतृत्व गरिरहेकी बरालले साढे चार वर्षेमा नयाँ नयाँ योजना मात्र ल्याएकी छैनन्, आफूलाई अब्बल नेतृत्वको रुपमा स्थापित गरेकी छिन् । उनले गत स्थानीय तहको निर्वाचनमा पुरूष प्रतिस्पर्धीलाई हराएर नेकपा माओवादी केन्द्रबाट गाउँपालिकाको नेतृत्व गरेकी थिइन् । बाँकी १०८ पालिकाको नेतृत्वमा भने पुरूष नै छन् ।
कानुन निर्माणमा पहिलो
कुमारीले नेतृत्व गरेको गाउँपालिकाले सिंगो प्रदेशमा सबैभन्दा पहिले कानुन निर्माण गरेको थियो । साथै विकास निर्माणका लागि गुरुयोजना बनाएर काम गर्ने पहिलो पालिका पनि यही थियो । ‘अहिले पनि महिलाको काम र क्षमतालाई नपत्याउने प्रवृत्ति छ,’ उनले भनिन् । साढे चार वर्ष आफ्ना लागि नयाँ भए पनि क्षमता विकासमा सघाउ पुर्याएको उनको भनाइ छ ।
सिस्ने गाउँपालिकाले कक्षा ६ देखि ८ सम्म स्थानीय पाठ्यक्रम, छोरी बिमा, सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा, स्वाथ्यकर्मी तयार गर्न निःशुल्क स्वास्थ्य शिक्षा, युद्ध संग्रहालय, सहिद स्मारक पार्क, हिंसापीडित महिलाका लागि अल्पकालिन आवास गृह, कृषि क्षेत्रको विकासका लागि पकेट निर्माण, सडक सन्जाल, दृष्टिविहीन र सुस्त मस्तिष्क भएकाहरूका लागि छात्रावास निर्माण, स्थानीय स्तरमा विद्युत उत्पादन, गाउँपालिकाको समग्र विकासका लागि नीति निर्माण तथा योजना तर्जुमा गरेको छ ।
हिंसामा परेका महिलाका लागि वडा नम्बर ५ मा सेफ हाउस (सुरक्षित आवासगृह) निर्माण गरेको उनले बताइन् । ‘महिलाको क्षमता अभिवृद्धिका लागि सिलाइकटाइ लगायतका तालिम पनि हामीले चलायौं, लोक सेवाको तयारी कक्षा पनि सन्चालन गरिरहेका छौँ,’ उनले भनिन् ।
गत स्थानीय तहको निर्वाचनमा एमालेले पाँच स्थानीय तहमा महिलालाई प्रमुखको उम्मेदवार बनाएको थियो । नवलपरासीको सुनवल नगरपालिकाको प्रमुखमा एमालेले विमला अर्याललाई उठाएको थियो भने कपिलवस्तुको बाँणगंगा नगरपालिकाको मेयरमा विमला घिमिरे र मायादेवी गाउँपालिका अध्यक्षमा फौजिया नसिमलाई उम्मेदवार बनाएको थियो ।
यस्तै, रोल्पा नगरपालिकाको मेयरमा मीना शर्मा र रूकुमको भूमे गाउँपालिका अध्यक्षमा आशा स्वर्णकारलाई एमालेले उम्मेदवार बनाएको थियो । तर, एमालेले उम्मेदवार बनाएको कुनै पनि महिलाले प्रमुखमा चुनाव जितेनन् । कांग्रेसले भने १०९ स्थानीय तहमध्ये अन्यमा महिलालाई प्रमुख पदमा उम्मेदवार उठाएको थिएन ।
माओवादी केन्द्रले दाङको लमही नगरपालिका मेयरमा द्रौपदा पौडेल, गुल्मीको इस्मा गाउँपालिकाको अध्यक्षमा विमला थापा र तानसेन नगरपालिकाको मेयरमा प्रतिक्षा सिन्जाली मगरलाई उम्मेदवार बनाएको थियो । ती तीनै जना पराजित हुँदा माओवादी केन्द्रबाट सिंगो प्रदेशमा सिस्ने गाउँपालिका अध्यक्षमा महिला उम्मेदवार विजयी भइन् ।
लुम्बिनी प्रदेशका कपिलवस्तुमा तीन जना र बर्दियामा तीन जना महिला वडाध्यक्ष छन् । उनीहरूमध्ये तत्कालिन माओवादी केन्द्रका एक जना, नेपाली कांग्रेसका तीनजना, जनता समाजवादी पार्टीका एक जना र राप्रपाका एक जना छन् ।
बर्दियाको गुलरिया नगरपालिका–७ की अध्यक्ष गीता बस्नेतले महिलाले नेतृत्व गरेका ठाउँमा भ्रष्टाचार र अनियमितता हुँदैन भन्ने कुरालाई आफूले प्रमाणित गरेको बताइन् । पुरूषसँगको प्रतिस्पर्धामा उत्रिएर आफु अध्यक्ष भएसँगै वडाको समग्र विकासका लागि इमान्दारितापूर्वक काम गर्दै आएको उनले बताइन् ।
बर्दियाको ठाकुरबाबा नगरपालिका–९ की वडाअध्यक्ष राधा चौधरीले वडाअध्यक्ष भएर काम गर्न पाउँदा आफूलाई गर्व लागेको बताइन । ‘महिलाहरूलाई प्रमुख भएर काम गर्ने अवसर दिने हो भने पुरूषको नेतृत्वको तुलनामा महिलाको नेतृत्व सफल र उदाहरणीय बन्छ,’ उनले भनिन् । आफ्नो वडामा जिल्लामै पहिलो पटक कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम तयार गरी लागु गरेको उनले बताइन् ।
स्थानीय स्तरमै सेनेटरी प्याडको उत्पादन, पाठेघरको निःशुल्क स्वास्थ्य उपचार, महिला उद्यमशीलता र सशक्तिकरणका लागि विभिन्न कार्यक्रम सन्चालन, धर्म संस्कृतिको संरक्षण, योजना र समग्र वडाको विकासका लागि २० वर्षे गुरूयोजना बनाएको उनले बताइन् ।
कपिलवस्तुको शिवराज नगरपालिका–१० को उपनिर्वाचनबाट जसपाकी मन्जु मिश्रले वडाअध्यक्षको जिम्मेवारी पाएकी छिन् । वडाअध्यक्ष भएपछि महिलाले केही गर्न सक्दैनन् भन्ने धारणा बदल्न सफल भएको उनले बताइन् । ‘महिलाहरू खुलेर हिँड्न सक्ने अवस्था थिएन, अहिले सहज रूपमा प्रस्तुत भएर अधिकार माग्नेसम्म भएका छन्’ उनले भनिन्, ‘वडामा महिलाको नेतृत्व आएपछि समुदायमा हुने अन्य गतिविधिहरूमा पनि महिलालाई अग्रसर गराउन लागिएको छ ।’
स्थानीय सरकारमा काम गर्न पाउँदा आफूलाई खुसी लागेको उनले बताइन् । सडक, सिंचाई र खानेपानी जस्ता वडाका समस्या समाधान गर्दै आफूलाई सफल र सक्षम महिला नेतृको रूपमा स्थापित गर्ने चाहनाअनुसार काम गरेको उनले बताइन् । उनका अनुसार, उनको वडामा पिछडिएका तथा गरिब समुदायका लागि लक्षित कार्यक्रम सन्चालन गरिएको छ ।
यसोधरा गाउँपालिका–३ की वडाअध्यक्ष सरिता त्रिपाठीले लक्षित वर्गलाई मध्यनजर गरेर कार्यक्रम सन्चालन गर्दै आएको बताइन् ।
Comments
अरु समाचार
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...











