कांग्रेस सिन्धुपाल्चोक सचिवमा युवा नेता न्याैपानेकाे उमेद्वारी
काठमाडाैँ । नेपाली कांग्रेसका युवा नेता अनुप न्याैपानेले सिन्धुपाल्चोक जिल्ला सचिव पदकाे लागी उमेद्वारी घाेषणा गरेका छन्।
आसन्न नेपाली कांग्रेसकाे जिल्ला अधिवेशनको सरगर्मी चलिरहेको बेला युवा नेता न्याैपानेले सचिब पदका लागी आफ्नो उमेद्वारी घोषणा गरेका हुन । अधिवेशन यहि फागुन २७ र २८ गते चाैतारामा हुँदैछ ।
युवा नेता न्याैपाने नेविसंघका पूर्व जिल्ला अध्यक्ष र हाल पार्टीको जिल्ला सहसचिवसमेत हुन ।
इन्द्रावती गाउँपालिका ६ बाडेगाउँका न्याैपानेले २०५४ सालदेखि नेविसंघमार्फत कांग्रेसको राजनीति शुरु गरेका हुन् । `कांग्रेसलाई सिन्धुपाल्चोकमा सबै तहमा निर्वाचन जिताउन आधुनिक कांग्रेस निर्माण जरूरी छ,´ उनले भने,`त्यसका लागि कांग्रेसमा वैचारिक नेतृतव जरूरी छ । ´
सिन्धुपाल्चाेक जिल्लामा राजनीतिक तथा सामाजिक काम गरेर परिचित भइसकेका न्याैपाने बाैद्विक ब्यक्तित्वकाे रूपमा समेत परिचित छन । सिन्धुपाल्चोक जिल्लाकाे नेविसंघको सदस्य, सचिव, उपाध्यक्ष हुँदै अध्यक्ष हुँदा सम्म सिन्धुपाल्चाेककाे नेपाली कांग्रेसकाे राजनिति लाई उचाइमा पुराउन महत्वपुर्ण भुमिका समेत निर्वाह गरे ।
पार्टीले आव्हान गरेको २०५८ को प्रतिगमन विरुद्धको आन्दोलनमा समेत सक्रिय सहभागिता देखाएका न्याैपाने जनआन्दोलन २०६२/०६३ को सफलता सम्म निरन्तर सहभागी भए ।
सामाजिक तथा राजनीतिक वातावरणमा हुर्केका न्याैपाने विभिन्न संग संस्थामा सक्रिय भएर काम समेत गरिसकेका छन । संघ संस्थामा रहेर काम गर्दा समुदायकाे लागि अतुलनिय याेगदान दिएकाे उनी सुनाउँछन ।
अन्तत सिन्धुपाल्चाेक जिल्ला नेपाली कांग्रेसकाे अधिवेशन यहि फागुन २७ र २८ गते चाैतारामा हुँदैछ । आफुले गरेका सकारात्मक कामहरूले गर्दा आफुले जिल्ला सचिव पदकाे लागि उमेद्वारी घाेषणा गरेकाे र आफु साे पदकाे लागि याेग्य रहेकाे सिन्धुप्रेस संगकाे कुराकानीमा उनले बताए ।
‘रुपान्तरण, इमान्दारीता र परदर्शिताकाे सिद्वान्त बाेकेर हिडेकाेले नेपाली कांग्रेसकाे बिधान र मर्म बिपरित कहिल्यै पनि जान्न, मलाई भाेट दिएर जिताएकाे खण्डमा बिचारकाे राजनिति जिवित राख्न महत्वपुर्ण भुमिका खेल्ने छु’, न्याैपानेले भने ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको...
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
निर्वाचनको समीक्षा गर्न भोलि (मंगलबार) केन्द्रीय कार्यसमितिको बैठक, गगन थापाले सभापतित्व गर्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव...












