हामी पार्टीभित्रको गुटबन्दी र अन्तरविरोधमै हरायौं : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू पार्टीभित्रको गुटबन्दी र अन्तरविरोधमा नै हराएको बताएका छन्।
नेपाल उद्योग व्यवसायी महासंघको केन्द्रीय बैठकलाई बुधबार सम्बोधन गर्दै उनले देशमा अहिलेसम्म भएको ठूला परिवर्तनको वाहक भनेका माओवादी केन्द्र नै भए पनि पार्टीभित्रको गुटबन्दी र अन्तरविरोधमा हराएको स्वीकारेका छन्।
‘आजको परिवर्तनको वाहक भनेको माओवादी नै हो‚’ अध्यक्ष प्रचण्डले भने‚ ‘हामीले जति गर्नुपर्ने थियो गर्न सकेको छैन। हामी गुटबन्दी र पार्टीभित्रकै अन्तरविरोधमा हरायौँ।’
उनले पार्टी र नेतृत्व निर्माणमा परम्परागत मान्यताबाट बाहिर आउन नसकेकोसमेत स्वीकार गरेका छन्।
‘बाह्य क्षेत्रको पनि केन्द्रीय कमिटीमा आउनुपर्छ भन्ने मान्यता हो। मैले त्यो कुरा अस्तिको केन्द्रीय समितीको बैठकमा पनि राखेको हुँ। व्यवसायीहरुको पनि पार्टीमा स्थान हुनुपर्छ‚’ उनले भने‚ ‘हामी त्यसबारे गम्भीर छौँ। व्यवसायीहरुलाई पनि समेट्न सके पार्टीको आर्थिक नीतिमा परिवर्तन आउने थियो।’
अध्यक्ष प्रचण्डले अहिलेसम्म भएका उपलब्धिलाई उल्टाउने प्रयास भइरहेको बताउँदै त्यसबारे सचेत हुन आग्रह समेत गरे। संविधान र लोकतन्त्रविरुद्ध जान खोजेपछि सडक संघर्षबाट सफल भएको प्रचण्डले बताएका छन्।
Comments
अरु समाचार
-
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको...
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
निर्वाचनको समीक्षा गर्न भोलि (मंगलबार) केन्द्रीय कार्यसमितिको बैठक, गगन थापाले सभापतित्व गर्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव...












