‘एक्लै लड्दा कसैको बहुमत आउँदैन, सत्ता गठबन्धनसँग मिलेर कांग्रेस चुनावमा जान्छ’
काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले चार दलीय सत्ता गठबन्धन आगामी निर्वाचनसम्म यथावत रहने बताएका छन्।
पर्साको वीरगञ्जमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र वितरणपछि सम्बोधनका क्रममा उनले सत्ता गठबन्धन आगामी निर्वाचनसम्मै रहने बताएका हुन्।
देउवाले एक्ला एक्लै निर्वाचनमा जाँदा कसैको पनि बहुमत आउन नसक्ने पनि जिकिर गरे। त्यही कारण तीनै तहको निर्वाचनमा कांग्रेसले गठबन्धन दलसँग मिलेर लड्ने पनि उनले बताए।
‘अहिलेको राजनीतिक परिस्थितिमा एक्ला एक्लै निर्वाचनमा जाँदा कसैले पनि बहुमत ल्याउन सक्दैनन्, ’ उनले भने, ‘आगामी निर्वाचनमा गठबन्धनका दलसँग तालमेल गरेर कांग्रेसले प्रतिस्पर्धा गर्छ।’
सम्बोधनका क्रममा देउवाले गठबन्धनका सदस्य दलहरूको मन दुख्ने टिप्पणी नगर्न पनि नेताहरुलाई आग्रह गरे।
‘गठबन्धनका सदस्य दलहरूलाई चिढ्याउने काम गर्नु ठीक होइन’, उनले भने, ‘संविधानको रक्षा र लोकतन्त्र संस्थागत गर्न गठबन्धन दलहरूको सहकार्य र एकता अझै चाहिएको छ। यसलाई निर्वाचनसम्म लैजानुपर्छ।’
सम्बोधनका क्रममा देउवाले फागुन १५ गते संसदबाट पारित अमेरिकी सहायता सम्झौता एमसीसीको बचाऊ गरे। कांग्रेस सभापतिसमेत रहेका उनले अमेरिकाले अनुदानस्वरुप दिएको विकास सहयोगको विरोध गर्नुको कुनै अर्थ नहुने पनि बताए।
Comments
अरु समाचार
-
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको...
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
निर्वाचनको समीक्षा गर्न भोलि (मंगलबार) केन्द्रीय कार्यसमितिको बैठक, गगन थापाले सभापतित्व गर्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव...












