आगामी स्थानीय तहको निर्वाचनमा आफ्नै तागतमा जित्ने गरी अघि बढ्छाैँ: प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नै तागतमा जित्ने गरी अघि बढ्ने बताएका छन्। शनिबार प्रेस सेन्टर नुवाकोटले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले आफ्नै बलमा चुनाव जित्ने कुरालाई प्राथमिकतामा राखिएको बताए।
जनतासँग सम्बन्ध बलियो बनाएर आफ्नै बलमा जित्ने कुरालाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले तालमेल हुने स्थिति बनेमा गठबन्धनकै बीचमा तालमेल गर्न जोड दिने पार्टीको नीति रहेको बताए। ‘हामी आफ्नै खुट्टामा उभिएर, जनतासँग सम्बन्ध बलियो बनाएर, आफ्नै तागतमा जित्ने कुरालाई उच्च प्राथमिकता दिने भनेका छौं। तर, फेरि निर्वाचन नजिक आउँदै गर्दा कसैसँग तालमेल गर्ने स्थिति बन्यो भने तालमेललाई पनि ध्यान दिने, गठबन्धनकै बीचमा तालमेल गर्न जोड गर्ने भन्ने नीति छ,’ उनले भने।
अध्यक्ष प्रचण्डले एमसिसीका विषयलाई लिएर पार्टी विभाजित होला भन्ने आशंकाहरु उठेको उल्लेख गर्दै पार्टीलाई एकताबद्ध ढंगले लैजाने सहमतिका साथ चुनावी अभियानमा पार्टी लागेको बताए। उनले भने, ‘अहिले हामी सम्पूर्ण रुपमाले चुनावमा केन्द्रीत भएरै जानुपर्छ। पार्टीलाई एकताबद्ध गरेरै लानुपर्छ। र, अभियान देशव्यापी रुपमा चल्नुपर्छ भनेर हामीले सर्वसम्मत रुपमाले निर्णय गरेर अभियानमा छौं।’
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












