माओवादीका २१ चुनावी कमान्डका कमान्डर
काठमाडाैँ । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका केही नेताहरूले चुनावी गठबन्धनविरुद्ध दिएको अभिव्यक्तिपछि अब एक्लै स्थानीय चुनावमा जाने माओवादी केन्द्रका नेताहरुले बताएका छन्।
त्यसका लागि स्थानीय तहको निर्वाचनमा ‘जसको नीति उसकै नेतृत्व’ को नारा लिएर मतदाताको घरघर पुग्ने उनीहरुको भनाइ छ।
‘हामीलाई चुनावको लागि कसैको वैशाखी चाहिँदैन, आफैँ लड्न र जित्न सक्षम छौँ,’ माओवादी केन्द्रका एक नेताले भने।
ती नेताका अनुसार स्थानीय मात्र होइन, तीनै तहको निर्वाचनका लागि एक्लै लड्ने गरी नेताहरू परिचालन गरिएको छ।
सो पार्टीका नेता शक्ति बस्नेतले हरेक व्यवस्था जोगाउन माओवादी लचक भएर नेतृत्व अरुलाई दिँदा जनताको पक्षमा काम नभएको बताए।
‘नीति र नेतृत्व फरक–फरक हुँदा अन्तर्विरोध भयो। अब त्यो हल गर्दै प्रचण्डकै नीति, योजना कार्यान्वयन गराउन जनतालाई माओवादी केन्द्र जिताउन आग्रह गर्दै घर–घर पुग्छौँ,’ बस्नेतले भने, ‘मुलुकको आवश्यकतामा बनेको गठबन्धन प्रतिकूल हुनेगरी चाहिँ जाँदैनौ।’
विगतमा पार्टीले अरुलाई नेतृत्व दिएर गल्ती गरेको नेता चक्रपाणि खनालले बताए।
‘माओवादी केन्द्रले गणतन्त्र हाँक्न सक्षम नेता नहुँदा मुलुक जहाँको त्यहीँ रहेको निष्कर्ष पनि निकालेको छ,’ उनले भने, ‘व्यवस्था जोगाउन, संविधान बनाउन, जारी गर्न र जोगाउन सधैँ माओवादीले अरुलाई नेतृत्व दियो। पछिल्लो निर्वाचनसम्मको हामीले विश्लेषण गर्यौँ, अरुलाई नेतृत्व दिएकैले यो व्यवस्थाले गति लिएन।’
यही मुद्दालाई लिएर चुनावमा होमिने उनले बताए। वैशाख ३० को स्थानीय चुनावका लागि माओवादी केन्द्रले देशभर २८ वटा कमाण्ड गठन गरेको छ। अहिलेसम्म मधेश प्रदेश र गण्डकीबाहेक अन्य पाँच वटै प्रदेशले कमान्डर तोकिसकेका छन्।
मधेश प्रदेशले दुई दिनभित्र कमान्डर तोकिसक्ने इन्चार्ज गणेश साहले जानकारी दिए।
‘शुक्रबार र शनिबार बैठक बोलाएका छौँ, त्यसपछि कमान्डर तोक्छौँ,’ साहले भने।
गण्डकीका इन्चार्ज हितराज पाण्डेले चैत ८ गते कमान्डरबारे निर्णय गरिने बताए।
‘चैत ६ गते अध्यक्ष प्रचण्ड पोखरा आउनुहुनेछ,’ पाण्डेले भने, ‘प्रशिक्षण सकेपछि ८ गते सबै कमान्डर तोकेर जिल्ला खटाउँछौँ।’
लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बराल मगरले प्रदेशमा सबै नेताहरु खट्ने बताए।
माओवादी केन्द्रले प्रदेश १ र बागमतीमा ५/५ वटा, मधेश, गण्डकी र लुम्बिनीमा ४/४ वटा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा ३/३ वटा कमाण्ड बनाइएको छ।
प्रदेश १ का ५ कमाण्डर
प्रदेश १ मा १४ छन्। जिल्लामा प्रभाव पार्न सक्ने नेतालाई कमान्डर बनाइएको इन्चार्ज राम कार्कीले बताए।
१. ताप्लेजुङ, पाँचथर, इलाम– इन्द्र आङ्बो
२. झापा, मोरङ, सुनसरी– सावित्रीकुमार काफ्ले
३. धनकुटा, तेह्रथुम, संखुवासभा– हेमराज भण्डारी
४. भोजपुर, खोटाङ– अजम्बर काङमाङ राई
५. सोलुखुम्बु, ओखलढुंगा, उदयपुर– सुरेशकुमार राई
बागमती प्रदेशका ५ कमाण्डर
बागमती प्रदेशमा माओवादी केन्द्र कमजोर छ। २०७४ मा भएको संघीय निर्वाचनमा जम्मा ५ वटा सांसद पद जितेको थियो। प्रदेश अध्यक्ष सरल पौडेलका अनुसार निम्न कमान्डर तोकिएका छन् :
१. काठमाडौँ, ललितपुर, भक्तपुर– ईश्वरी भट्टराई
२. चितवन, मकवानपुर– नारायण दाहाल
३. धादिङ, नुवाकोट, रसुवा– हितबहादुर तामाङ
४. सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक– कृष्ण सापकोटा
५. सिन्धुली, रामेछाप– सूर्य सुवेदी
लुम्बिनी प्रदेशका कमाण्डर
लुम्बिनी प्रदेश माओवादीले गरेको जनयुद्धमा पनि आधार इलाकामा पर्ने क्षेत्र हो। माओवादीले यो प्रदेशमा अघिल्लो निर्वाचनमा सोचेजति सफलता लिन सकेन। तर यसपटक अघिल्लो भन्दा दोब्बर जित्ने रणनीति माओवादीको छ।
‘लुम्बिनी केन्द्रीय आधार इलाका हो, विगतमा निर्वाचन अनुभव कमीले हारेका थियौं अब हामी विगतभन्दा २ गुणा बढी जित्ने गरी खटिनेछौँ, त्यही अनुसार कार्यक्रम अगाडि बढाउछौं,’ यो प्रदेशमा माओवादी केन्द्रका अध्यक्ष सुदर्शन बराल मगरले भने।
यो प्रदेशका जिल्लाहरुमा माओवादी केन्द्रले ओनसरी घर्तीसहित ४ जना कमाण्डर तोकेको छ।
१. बाँके, बर्दिया र दाङ-ओनसरी घर्ती
२. रोल्पा, रुकुम पुर्व र प्युठान-जोखबहादुर महरा
३. गुल्मी, अर्घाखाँची र पाल्पा-जगप्रसाद शर्मा
४. नवलपरासी, रुपन्देही र कपिलवस्तु-हकिकुल्लाह खाँ
कर्णालीका ४ कमाण्डर
कर्णाली प्रदेशमा ४ कमान्डर खटिएका छन्। सुर्खेत र दैलेखबाहेकका जिल्लामा माओवादी केन्द्र बलियो छ। अझै बलियो बनाउन र स्थानीय तह धेरै जित्न माओवादी जुटेको इन्चार्ज शक्ति बस्नेतले बताए।
१. जाजरकोट, दैलेख– रामदीप आचार्य
२. डोल्पा, रुकुम पश्चिम– राजकुमार शर्मा
३. कालिकोट, जुम्ला, मुगु, हुम्ला– महेन्द्रबहादुर शाही
४.सल्यान, सुर्खेत– टेकबहादुर बस्नेत
सुदूरपश्चिमका ३ कमाण्डर
सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रका मुख्यमन्त्री छन्। इन्चार्ज खगराज भट्टका अनुसार ९ जिल्ला भएको यो प्रदेशमा ३ कमाण्ड बनाइएको छ।
१. अछाम, डोटी, बाजुरा– शरद सिंह
२. बैतडी, बझाङ र दार्चुला– लक्ष्मणदत्त जोशी
३. कैलाली, कञ्चनपुर, डडेलधुरा– नेपबहादुर चौधरी
Comments
अरु समाचार
-
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको...
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
निर्वाचनको समीक्षा गर्न भोलि (मंगलबार) केन्द्रीय कार्यसमितिको बैठक, गगन थापाले सभापतित्व गर्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव...












