माओवादीका २१ चुनावी कमान्डका कमान्डर
काठमाडाैँ । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका केही नेताहरूले चुनावी गठबन्धनविरुद्ध दिएको अभिव्यक्तिपछि अब एक्लै स्थानीय चुनावमा जाने माओवादी केन्द्रका नेताहरुले बताएका छन्।
त्यसका लागि स्थानीय तहको निर्वाचनमा ‘जसको नीति उसकै नेतृत्व’ को नारा लिएर मतदाताको घरघर पुग्ने उनीहरुको भनाइ छ।
‘हामीलाई चुनावको लागि कसैको वैशाखी चाहिँदैन, आफैँ लड्न र जित्न सक्षम छौँ,’ माओवादी केन्द्रका एक नेताले भने।
ती नेताका अनुसार स्थानीय मात्र होइन, तीनै तहको निर्वाचनका लागि एक्लै लड्ने गरी नेताहरू परिचालन गरिएको छ।
सो पार्टीका नेता शक्ति बस्नेतले हरेक व्यवस्था जोगाउन माओवादी लचक भएर नेतृत्व अरुलाई दिँदा जनताको पक्षमा काम नभएको बताए।
‘नीति र नेतृत्व फरक–फरक हुँदा अन्तर्विरोध भयो। अब त्यो हल गर्दै प्रचण्डकै नीति, योजना कार्यान्वयन गराउन जनतालाई माओवादी केन्द्र जिताउन आग्रह गर्दै घर–घर पुग्छौँ,’ बस्नेतले भने, ‘मुलुकको आवश्यकतामा बनेको गठबन्धन प्रतिकूल हुनेगरी चाहिँ जाँदैनौ।’
विगतमा पार्टीले अरुलाई नेतृत्व दिएर गल्ती गरेको नेता चक्रपाणि खनालले बताए।
‘माओवादी केन्द्रले गणतन्त्र हाँक्न सक्षम नेता नहुँदा मुलुक जहाँको त्यहीँ रहेको निष्कर्ष पनि निकालेको छ,’ उनले भने, ‘व्यवस्था जोगाउन, संविधान बनाउन, जारी गर्न र जोगाउन सधैँ माओवादीले अरुलाई नेतृत्व दियो। पछिल्लो निर्वाचनसम्मको हामीले विश्लेषण गर्यौँ, अरुलाई नेतृत्व दिएकैले यो व्यवस्थाले गति लिएन।’
यही मुद्दालाई लिएर चुनावमा होमिने उनले बताए। वैशाख ३० को स्थानीय चुनावका लागि माओवादी केन्द्रले देशभर २८ वटा कमाण्ड गठन गरेको छ। अहिलेसम्म मधेश प्रदेश र गण्डकीबाहेक अन्य पाँच वटै प्रदेशले कमान्डर तोकिसकेका छन्।
मधेश प्रदेशले दुई दिनभित्र कमान्डर तोकिसक्ने इन्चार्ज गणेश साहले जानकारी दिए।
‘शुक्रबार र शनिबार बैठक बोलाएका छौँ, त्यसपछि कमान्डर तोक्छौँ,’ साहले भने।
गण्डकीका इन्चार्ज हितराज पाण्डेले चैत ८ गते कमान्डरबारे निर्णय गरिने बताए।
‘चैत ६ गते अध्यक्ष प्रचण्ड पोखरा आउनुहुनेछ,’ पाण्डेले भने, ‘प्रशिक्षण सकेपछि ८ गते सबै कमान्डर तोकेर जिल्ला खटाउँछौँ।’
लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बराल मगरले प्रदेशमा सबै नेताहरु खट्ने बताए।
माओवादी केन्द्रले प्रदेश १ र बागमतीमा ५/५ वटा, मधेश, गण्डकी र लुम्बिनीमा ४/४ वटा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा ३/३ वटा कमाण्ड बनाइएको छ।
प्रदेश १ का ५ कमाण्डर
प्रदेश १ मा १४ छन्। जिल्लामा प्रभाव पार्न सक्ने नेतालाई कमान्डर बनाइएको इन्चार्ज राम कार्कीले बताए।
१. ताप्लेजुङ, पाँचथर, इलाम– इन्द्र आङ्बो
२. झापा, मोरङ, सुनसरी– सावित्रीकुमार काफ्ले
३. धनकुटा, तेह्रथुम, संखुवासभा– हेमराज भण्डारी
४. भोजपुर, खोटाङ– अजम्बर काङमाङ राई
५. सोलुखुम्बु, ओखलढुंगा, उदयपुर– सुरेशकुमार राई
बागमती प्रदेशका ५ कमाण्डर
बागमती प्रदेशमा माओवादी केन्द्र कमजोर छ। २०७४ मा भएको संघीय निर्वाचनमा जम्मा ५ वटा सांसद पद जितेको थियो। प्रदेश अध्यक्ष सरल पौडेलका अनुसार निम्न कमान्डर तोकिएका छन् :
१. काठमाडौँ, ललितपुर, भक्तपुर– ईश्वरी भट्टराई
२. चितवन, मकवानपुर– नारायण दाहाल
३. धादिङ, नुवाकोट, रसुवा– हितबहादुर तामाङ
४. सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक– कृष्ण सापकोटा
५. सिन्धुली, रामेछाप– सूर्य सुवेदी
लुम्बिनी प्रदेशका कमाण्डर
लुम्बिनी प्रदेश माओवादीले गरेको जनयुद्धमा पनि आधार इलाकामा पर्ने क्षेत्र हो। माओवादीले यो प्रदेशमा अघिल्लो निर्वाचनमा सोचेजति सफलता लिन सकेन। तर यसपटक अघिल्लो भन्दा दोब्बर जित्ने रणनीति माओवादीको छ।
‘लुम्बिनी केन्द्रीय आधार इलाका हो, विगतमा निर्वाचन अनुभव कमीले हारेका थियौं अब हामी विगतभन्दा २ गुणा बढी जित्ने गरी खटिनेछौँ, त्यही अनुसार कार्यक्रम अगाडि बढाउछौं,’ यो प्रदेशमा माओवादी केन्द्रका अध्यक्ष सुदर्शन बराल मगरले भने।
यो प्रदेशका जिल्लाहरुमा माओवादी केन्द्रले ओनसरी घर्तीसहित ४ जना कमाण्डर तोकेको छ।
१. बाँके, बर्दिया र दाङ-ओनसरी घर्ती
२. रोल्पा, रुकुम पुर्व र प्युठान-जोखबहादुर महरा
३. गुल्मी, अर्घाखाँची र पाल्पा-जगप्रसाद शर्मा
४. नवलपरासी, रुपन्देही र कपिलवस्तु-हकिकुल्लाह खाँ
कर्णालीका ४ कमाण्डर
कर्णाली प्रदेशमा ४ कमान्डर खटिएका छन्। सुर्खेत र दैलेखबाहेकका जिल्लामा माओवादी केन्द्र बलियो छ। अझै बलियो बनाउन र स्थानीय तह धेरै जित्न माओवादी जुटेको इन्चार्ज शक्ति बस्नेतले बताए।
१. जाजरकोट, दैलेख– रामदीप आचार्य
२. डोल्पा, रुकुम पश्चिम– राजकुमार शर्मा
३. कालिकोट, जुम्ला, मुगु, हुम्ला– महेन्द्रबहादुर शाही
४.सल्यान, सुर्खेत– टेकबहादुर बस्नेत
सुदूरपश्चिमका ३ कमाण्डर
सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रका मुख्यमन्त्री छन्। इन्चार्ज खगराज भट्टका अनुसार ९ जिल्ला भएको यो प्रदेशमा ३ कमाण्ड बनाइएको छ।
१. अछाम, डोटी, बाजुरा– शरद सिंह
२. बैतडी, बझाङ र दार्चुला– लक्ष्मणदत्त जोशी
३. कैलाली, कञ्चनपुर, डडेलधुरा– नेपबहादुर चौधरी
Comments
अरु समाचार
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












