झलनाथ खनालप्रति सुवास नेम्वाङको कटाक्ष : यत्रो जनसागर भएको ठाउँमा एमालेको मतपत्र कसरी खाली हुन्छ ?
काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले एमालेको मतपेटिका खाली गर्न चुनौती दिएका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको भनाईलाई चुनौती दिँदै नेम्बाङले अबको निर्वाचनमा केपी ओली र एमालेको मतपेटिका खाली गरेर देखाउन चुनौती दिएका हुन्।
खनालले शनिबार मात्र अबको निर्वाचनमा ओलीको मतपेटिका खाली गर्नुपर्ने भनेका थिए।
आइतबार खनालकै निर्वाचन क्षेत्र इलाम–१ मा पुगेर नेम्वाङले यस्तो चुनौती दिएका हुन्।
उनले यो देशभरि ओर्लिएको एमालेको जनसागर हुँदा हुँदै कसरी एमालेको मतपत्र खाली हुने होला भन्दै प्रश्न गरेका छन्।
‘केपी ओलीको मतपेटिका कसरी खाली गर्ने होला? चितवनको निर्वाचन तयारीको तरिकाले काम लाग्छ कि? सर्लाहीको निर्वाचन तरिकाले काम लाग्छ?,’ नेम्वाङले प्रश्न गरे ।
खनालको क्षेत्रमा एमालेको जनसागर उर्लिएको दाबी गर्दै नेम्बाङले भने- यो देखेर कोही कोही छक्क परिरहेका होलान्।
उनले इलाममा मात्र होइन, मेची महाकाली, तराई-मधेसदेखि हिमालसम्म मानिसहरूको जुन ओइरो एमालेमा प्रवेश गरिरहेको छ । त्यो देखेर छक्क पर्नुपर्ने जिकिर गरे।
‘मैलै नाम चाहिँ बिर्सें । उहिलेदेखिको साथी, झल्झली अनुहार याद आउँछ। कमरेड जन्तरे हो कि अन्तरे हो नाम चाहिँ थाहा छैन,’ खनाललाई लक्षित गर्दै नेम्बाङले कटाक्ष गरे।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












