देशमा वाम नै छैन, के को एकता ?
काठमाडौं । नेकपा एमालेको पोलिटब्यूरो बैठकमा वाम एकताको प्रस्ताव आएपछि नेताहरू पक्ष र विपक्षमा बाँडिएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले बैठक उद्घाटन गरेपछि घनश्याम भूसाल र रघुजी पन्तले चुनावमा गठबन्धन र वाम एकताको बाटो खुला राखेर जानुपर्ने प्रस्ताव थपेका थिए ।
भूसाल र पन्तले बैठकमा नयाँ प्रस्ताव ल्याएपछि अध्यक्ष ओली निकट नेताहरू खण्डनमा बोलेका थिए । हिक्मत कार्कीले अहिले वाम एकताको कुरातिर लाग्न नहुने तर्क गरेका थिए ।
‘अहिले एकताको कुरा गर्नु भनेको त, कमजोर छौं भन्ने सन्देश दिनु हो । यस्तो गर्नु हुन्न’, कार्कीले वाम एकताको प्रस्ताव अगाडि बढाउन नहुने बताएका थिए । बैठकमा सहभागी एक नेताका अनुसार कार्कीलाई महेश बस्नेत, कर्ण थापालगायतले साथ दिएका थिए ।
तर पन्तले भने कम्तिमा एमाले वाम एकताको पक्षमा रहेको सन्देश दिएर अगाडि बढ्नुपर्ने प्रस्ताव राखेका थिए । भूसालले भने चुनावमा एकता र वाम एकताको तीन कारण रहेको बैठकमा राखेका थिए ।
‘एमाले वाम एकताको मूल प्रवाह हो, नेकपा विभाजन हुनुको वैचारिक तथा सैद्धान्तिक कारण छैन र निर्वाचनमा वामापन्थी विजय सुनिश्चित गर्न पनि गठबन्धन र वाम एकता आवश्यक छ’, भूसालको प्रस्ताव थियो । बहुसंख्यक कम्युनिष्ट सदस्य र कार्यकर्ताको चाहना पनि वाम एकता नै रहेको भुसालले बताएका थिए ।
तर बैठक समापण गर्दै अध्यक्ष ओलीले भने पार्टी एकता नहुने जवाफ दिए । ‘कसैसँग एकता हुँदैन । देशमा वाम नै छैन, के को एकता ?’, ओलीको जवाफ थियो, ‘वाम भन्ने चिज नै छैन ।’ तर चुनावी एकता भने हुने ओलीले बताए । ‘अहिले वामपन्थी एकता हुँदैन । चुनावी एकता हुन्छ’, उनको भनाइ थियो ।
बैठकले केन्द्रीय कमिटी बैठकको प्रस्ताव अनुमोदन गरेको छ । ९–१० चैतमा बस्ने केन्द्रीय कमिटी बैठकमा एघार प्रस्ताव पोलिटब्यूरोबाट पारित भएको छ ।
रिपोर्टिङ, राजनीतिक प्रतिवेदन, विभागको गठन, स्थानीय तह उम्मेद्वार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्रको तयारी, निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय निर्णयको अनुमोदन लगायत एजेण्डा केन्द्रीय कमिटी बैठकमा पेश गरिने भएको छ ।
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












