सरकारमा हामीलाई हैसियतअनुसारको सहभागिता चाहिन्छ : प्रचण्ड
काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद हेरफेर भएमा आफ्नो पार्टीलाई हैसियत अनुसारको सहभागिता चाहिने बताएका छन् ।
मंगलबार माओवादी केन्द्रको मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुरधाम आएका अध्यक्ष प्रचण्डले जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै पार्टीको हैसियत अनुसार मन्त्रिपरिषदमा भाग चाहिने बताए । यसबारे आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भनिसकेको उनको भनाइ थियो ।
उनले मन्त्रीमण्डल हेरफेरको सम्भावना रहेको भन्दै प्रधानमन्त्री देउवासँग पार्टीको हैसियत अनुसार भाग मागेको स्पष्ट पारे । यस विषयमा प्रधानमन्त्री देउवा पनि सकारात्मक रहेको उनको भनाइ थियो ।
उनले भने, ‘मन्त्रिपरिषद्मा हेरफेरको कुरा चले पनि अहिलेसम्म औपचारिक रुपमा भने टुङ्गिएको छैन । केही मन्त्रालय हेरफेर हुने सम्भावना छ, केही नयाँ आउने सम्भावना पनि उत्तिकै छ’, उनले भने, ‘मैले प्रधानमन्त्रीजीसँग भनेको पनि छु । गठबन्धनमा सबैभन्दा बढी त्याग माओवादी केन्द्रले गरेको छ ।’
माओवादी केन्द्रले मन्त्रिपरिषद गठनको समयमा त्याग गरेको उनको भनाइ थियो । ‘प्रधानमन्त्रीजीले हाम्रो महाधिवेशनसम्मलाई सहयोग गर्नुस् भनेर भन्नु भएको थियो । हामीले पाउनुपर्ने जति मन्त्रालय पाएका छैनौं । माधवजीले पनि मेरो पार्टी नयाँ छ, धेरै दुःख छ, सहयोग गर्नु भन्नुभएको थियो । अहिलेसम्म सबैलाई सहयोग गर्ने सबै काम माओवादी केन्द्रले गर्दै आएको छ ।’
स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न माओवादी केन्द्रलाई आवश्यक नरहेको दाबी गर्दै उनले गठबन्धन हुने या नहुने भन्ने विषय काँग्रेसमाथि भरपर्ने प्रस्ट पारे ।
माओवादीप्रतिको जनलहर व्यापक चलेकाले माओवादीलाई गठबन्धनले खासै अर्थ नराख्ने पनि उनले बताए ।
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












