करिश्मा एमालेमा प्रवेश गरेपछि ओलीले भने : यो कलाकारको पार्टी हो
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले हरेक दिन ‘हाइट’ बढाउँदै गएको बताएका छन्। मंगलवार नायिका करिश्मा मानन्धर र पूर्व मन्त्री तथा समाजवादी जनता पार्टीका अध्यक्ष प्रेम बहादुर सिंहलाई पार्टी प्रवेश गराउँदै उनले एमालेमा सबै नेताहरु अटाउने बताए।
ओलीले कसैले पनि एमालेमा प्रवेश गरेर पछुटाउन नपर्ने भन्दै भने, ‘देशको स्वाधिनता सुरक्षित हुन्छ भने त्यस्तो स्थितिमा व्यक्तिगत हित सुरक्षित नहुने भन्ने कुरै हुदैँन,’उनले भने।
उनलेले राम्रा कामका लागि दु:ख पाइरहेको छु भन्ने कुराले आनन्द आउने बताएका छन्। राम्रो उद्देश्य लिएर क्रियाशिल छु भन्ने आनन्द एमालेले दिने ओलीको दाबी छ।
‘नेकपा एमालेले अनुचित काम गर्दै गर्दैन। वाइडबडी भ्रष्टचार आफू गर्छन्,’उनले भने,’कहिले कहिले दु:ख हुन्छ हामी जेल पनि बसेका छौं। म चार वर्ष गोल घर बसेको छु।’
आजमात्रै एमाले प्रवेश गरेकी करिश्मा मानन्धर सुप्रसिद्ध कलाकार भएको भन्दै उनले प्रशंसा गरेका थिए। ओलीले मानन्धरले एमालेमा प्रवेश हुनुको कारण बताएको भन्दै तारिफ समेत गरे।
‘नेकपा एमाले नेपाली जनताको पार्टी हो। कलाकारको, साहित्यकारको पार्टी हो। कोही संगीत गर्ने छन् कोही नृत्यकार छन्। सबैको नेकपा एमाले पार्टी हो। यो डाक्टर इन्जिनियरको पार्टी हो,’उनले भने।
हरेक क्षेत्रको समस्या समाधान गर्ने पार्टी एमाले नै दाबी ओलीको छ। ‘सबै क्षेत्र र पेश अपनाउने नेपालीको पार्टी हो एमाले,’ ओलीले भने।
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












