एमाले कम्युनिष्टमा मात्र होइन समग्रमा ठूलो पार्टी हो: ओली
काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कम्युनिष्टहरूमध्ये ठूलो पार्टी मात्र नभई समग्रमा देशको सबैभन्दा ठूलो पार्टी भएको बताएका छन्।
उनले आज केन्द्रीय कमिटी बैठकको सुरूवात गर्दै पार्टी विशेष परिस्थितिमा रहेको बताए।
‘यो बैठकले स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनुपर्नेछ,’ उनले भने, ‘जनपरिचालन कसरी गर्ने यही बैठकले तय गर्नुपर्छ।’
उनले एमालेसँग लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको अनुभव रहेको बताए।
‘एमाले कम्युनिष्टहरूमा ठूलो हो भनिन्छ यो गलत छ,’ उनले भने, ‘हामी समग्रमा ठूलो पार्६ हो। प्रजा परिषद पनि यसमैमा समाहित भएको छ। यो सबै लोकतान्त्रिक आन्दोलनको मुलधार हामी हौं।’
उनले थुप्रै विषयहरू सत्तापक्षिय र जनविरोधी ढंगले प्रचार भइरहेको पनि बताएका थिए। उनले आजका समस्या तथा चुनौती सामना गर्दै समाधान गर्नुपर्ने अभिभारा पनि एमालेसँग भएको बताए।
उनले जनताको घरदैलोमा विकास पुर्याउने स्थानीय सरकारले भएको बताए। केही ठूला आयोजना मात्रै केन्द्रबाट जाने उनको भनाइ थियो।
उनले एमालेमा पहिले आठ लाख ५५ हजार सदस्य रहेकोमा ११ लाख सदस्य पुगेको दाबी गरेका थिए।
उनले पार्टीले चुनाव केन्द्रित ‘सिपिएन युएमएल’ नामको एप पनि बनाएको र त्यो बिहीबारदेखि डाउनलोड गर्न सकिने पनि बताए।
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












