ऊर्जा विकासबाट समृद्ध नेपाल र सुखी नेपाली राष्ट्रिय संकल्पलाई पुरा गर्नुपर्छ : राष्ट्रपति भण्डारी
काठमाडौँ । राष्ट्रपति विद्या भण्डारीले विद्युत उत्पादन, खपत र निर्यात व्यवस्थापनलाई प्रभावकारी बनाउँदै अर्थतन्त्रमा ऊर्जा क्षेत्रको योगदान वृद्धि गरेर ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय संकल्पलाई पूरा गर्नु हाम्रो प्राथमिकताको विषय रहेको बताएकी छन् ।
आजदेखि भृकुटीमण्डपमा सुरु भएको ‘हिमालयन हाइड्रो एक्स्पो २०२२’ उद्घाटन गर्दै भण्डारी आयातित विजुलीका कारण केही वर्षअघि मात्रै हामीले लोडसेडिङबाट मुक्ति पाएको र यसको दीर्घकालीन समाधान भनेको हाम्रो आफ्नै उत्पादन हुनु रहेको बताइन् । भण्डारीले दुई छिमेकी मुलुक भारत र चीनमा पनि विद्युत व्यापारका लागि प्रशारण लाइन निर्माण गर्ने काम सुरु भएको भन्दै त्यसले मुलुकमा यस क्षेत्रको विकासका लागि लगानी गर्न प्रतिस्पर्धाको वातावरण बन्ने विश्वास समेत व्यक्त गरेकी छन् ।
भण्डारीले भनिन् ‘हाम्रो मुलुकमा जलविद्युत उत्पादनका हाम्रो दशमा जलविद्युत उत्पादन र व्यापारका क्षेत्रमा विद्यमान अनेकौ संरचनागत चुनौतीको सामना गर्दै ऊर्जा व्यवसायीहरु संगठित र संस्थागत हुँदै जानु सन्तोषको विषय हो । हाम्रो मुलुक अथाह जलसम्पदाले सम्पन्न छ। विद्युतको आन्तरिक खपत गरी निर्यात गर्ने क्षमता समेत हामी राख्दछौं ।’ विद्युत उत्पादन, खपत र निर्यात व्यवस्थापनलाई प्रभावकारी बनाउँदै अर्थतन्त्रमा ऊर्जा क्षेत्रको योगदान वृद्धि गरी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प पूरा गर्नु हाम्रो प्राथमिकता हो । एक शताब्दीअघि नै उत्पादन सुरु गरि नेपालले जलविद्युतका क्षेत्रमा सम्भावनाको ढोका खोलेको विषयमा प्रायः चर्चा हुँदै आएको छ ।’
हाम्रो राष्ट्रिय ऊर्जा आवश्यक्ता पूरा गर्ने उद्देश्य राखेर जलविद्युत विकासका लागि योजनावद्ध प्रयास हुन थालेकोसमेत आधा शताब्दी भइसकेको बताउँदै उनले भनिन्, ‘यी प्रयासहरु भएतापनि जनताको ठूलो संख्याले अझै बिजुली बाल्न पाएका छैनन् भने हाम्रा उद्योगहरुले आजपनि माग अनुसार विजुली प्राप्त गर्न सकिरहेका छैनन् ।’ भण्डारीले साना र मझौंला जलविद्युत आयोजनामा लगानी गरेर उज्यालो गाउँ बनाउने अभियानलाई तीब्रता दिन समेत निजी क्षेत्रलाई आग्रह गरिन् ।
Comments
अरु समाचार
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












