रेखासँग जम्काभेटपछि बाबुरामले भने- नलाऊ माया दुईतिर भन्नेहरु तीनतिर पो भइयो !
काठमाडौं । पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेता र सेलिब्रिटी भेटघाट हुने ‘जक्सन’ बन्न थालेको छ । यस्तो आकस्मिक भेटघाटलाई सेलिब्रिटीले मन माझ्ने थलो पनि बनाउन थालेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अभिनेत्री एवं नेतृ करिश्मा मानन्धर र अभिनेता राजेश हमालबीच गत साता भएको एयरपोर्ट भेट चर्चित रह्यो । यो भेटमा ओलीले हमाललाई क्याजुअल रुपमै भएपनि पार्टीमा आउन भनेको चर्चा छ ।
ओली-हमाल भेट भएको साता नबित्दै सोमबार बिहान विमानस्थलमा पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र अभिनेत्री एवं राप्रपा नेतृ रेखा थापाबीच अचानक भेट भएको छ ।
तीन अलग राजनीतिक विचारधारा भएका यी चर्चित अनुहारको भेटलाई लिएर भट्टराईले सामाजिक सञ्जालमा कटाक्ष गरेका छन् । उनी लेख्छन्, ‘एयरपोर्टमा पुराना माओवादी सहकर्मीहरु वर्षमान पुन र रेखा थापासँग जम्काभेट । नलाऊ माया दुईतिर…भनेर गीत गाउनेहरु तीनतिर पो भइयो भन्ने हाँसो पनि चल्यो ।’
कुनै बेला माओवादीमा रहेका यी तीनैजना अहिले भने अलग-अलग राजनीतिक दलमा छन् ।
Comments
अरु समाचार
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
निर्वाचनको समीक्षा गर्न भोलि (मंगलबार) केन्द्रीय कार्यसमितिको बैठक, गगन थापाले सभापतित्व गर्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव...
-
चलचित्र पत्रकार संघ सुनसरीमा नयाँ नेतृत्व, अध्यक्षमा सुवास संकल्प श्रेष्ठ र सचिवमा मनोज दाहाल चयन
धरान । चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको तेस्रो अधिवेशनले चलचित्र पत्रकार सुवास संकल्प श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा...












