डिशहोमले ल्यायो १ वर्षमा २४ महिना योजना
काठमाडाैँ । डिशहोमले आफ्ना ग्राहकहरुको लागि १ वर्षमा २४ महिनाको योजना ल्याएको छ।
डिशहोमको सेवा लिइरहेका डीटीएचका ग्राहकहरुलाई लक्षित गरी सार्वजनिक गरिएको यो योजनामा डिशहोमको डिलरदाइबाट फन्ड ट्रान्स्फरमार्फत एक वर्ष अर्थात् १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिनासम्म टेलिभिजन हेर्ने सेवा पाउनेछन्।
यससँगै एक वर्षको रिचार्ज गर्ने ग्राहकहरुमध्ये प्रत्येक हप्ता लक्की ड्रमार्फत एक जना ग्राहकले एक लाख पनि जित्न सक्नेछन्।
हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमका एक्सक्लुसिभ च्यानलहरु रमाईलो एचडी, सरोकार टिभी, रियालिटी टिभी, नेपा च्यानललगायत डिशहोम सोकेस मा लक्की ड्रको प्रत्यक्ष प्रसारण हुनेछ।
१ वर्षको रिचार्जमा २४ महिना टेलिभिजन हेर्न र १ लाख जित्ने यो योजनाको फाइदा २०७८ चैत २१ पछि रिचार्ज गर्ने डिशहोमका ग्राहकहरुले लिन सक्नेछन्।
एक दशकदेखि स्याटालाइट प्रविधिमा उत्कृष्ट दृश्यसहितको टेलिभिजन सेवा प्रदान गरिरहेको डिशहोम नेपालको नं. १ टेलिभिजन सेवा प्रदायक हो।
साथै डीटीएच प्रविधिमार्फत टेलिभिजन सेवा दिइरहेको डिशहोमले फाइबरमार्फत डिशहोम फाइबरनेट ब्राण्ड नेममा नेपालभर इन्टरनेट सेवा पनि प्रदान गरिरहेको छ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
विदेशी मुद्राको विनिमयदर: आज कुन देशको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी...
-
आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको बजेट
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको बजेट विनियोजन गरेको छ...
-
कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि, न्यूनतम ४० हजार
काठमाडौं । सरकारले महँगी भत्तालाई निरन्तरता दिँदै तलबमानमा २१ प्रतिशत बृद्धि गर्ने निर्णय गरेको छ । कर्मचारीको न्यूनतम तलब ४०...
-
आज आव २०८३/८४ को बजेट सार्वजनिक गर्दै सरकार, सुशासनलाई प्राथमिकता
काठमाडौँ । सरकारले आज आगामी आर्थिक वर्ष २०८३\८४ को बजेट सार्वजनिक गर्दैछ । बजेटमा अनावश्यक खर्च कटौती र वित्तीय अनुशासनलाई...
-
आगामी आर्थिक वर्षको बजेट भोलि (शुक्रबार) प्रस्तुत गरिँदै
काठमाडौँ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को संयुक्त बैठक यही जेठ १५ गते शुक्रबार अपराह्न ४ बजे बस्ने...
-
अप्रिलमा चीनको विद्युतीय गाडीको निर्यात ४० प्रतिशतले बढ्यो
काठमाण्डौ । गएको अप्रिल महिनामा चीनको विद्युतीय गाडीको निर्यात ४० प्रतिशतले बढेको छ । अप्रिलमा चीनले २ लाख ७८ हजार...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तर्राष्ट्रिय सेफ सोसाइटी
पोखरा । नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन प्रवर्द्धनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यसहित नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेशको...












