सर्वोच्चका न्यायधीशलाई दवाव दिन माधव नेपालले बनाए गैरसांसद बन्दीलाई कानुन मन्त्री
माधव नेपालका सम्धि पाण्डेका साढुभाई गोविन्द बन्दी बने कानुन मन्त्री
काठमाडाैँ । नेकपा एकीकृत समाजवादी पार्टीनिकट अधिवक्ता कानुनविद् गोविन्दप्रसाद शर्मा कोइराला (गोविन्द बन्दी) कानुन मन्त्रीमा नियुक्त भएका छन्।
नेकपा एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालका सम्धि शोमप्रसाद पाण्डेका साढुभाई गैरसांसद अधिवक्ता गोविन्द बन्दी कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा नियुक्त गरिएको हो ।
पार्टीभित्र नेताहरुको चर्को विरोधका बाबजुद बन्दिलाई मन्त्री बनाउन नेपालले नियुक्तिका लागि सिफारिस गरेका हुन् ।
आजै माधव नेपालले बहिनी ज्वाई कैलाशराज पोखरेललाई अस्ट्रेलियाको राजदूत नियुक्त गर्ने तयारी छ ।
बन्दीलाई पार्टी कानुन विभाग प्रमुख बनाउदा समेत चर्को आलोचना खेपिरहेका थिए । तर पार्टीको कानु विभाग प्रमुख बनाएरै छाडे ।
नेकपा एकीकृत समाजवादी पार्टी भित्र अध्यक्ष नेपाल परिवारबाद मा लिप्त भएको भन्दै चाैतर्फी आलोचना भैरहेको छ ।
नेकपा एसका एक नेताले भनेः आदर्शका कुरा गर्ने पार्टी अध्यक्ष परिबारबाट बाहिर निस्किन सक्नु भएन यसरी पार्टीमा समस्या सिर्जना हुन्छ । पटक-पटक हामीले खबरदारी गर्दा पनि उहाँ पछि हट्नु भएन ।
यस्ता प्रबृतीले पार्टीमा दुर्घटना निम्त्याउन सक्छ उनले भने ।
यति बेला नेकपा एसका १४ सांसदको मुद्दा र संबैधानिक नियुक्ति सम्बन्धि मुद्दा अदालतमा विचाराधिन छन। बन्दीलाई कानुन मन्त्री बनाएर कानुन मन्त्री मार्फत अदालतलाई दवावमा पार्ने बन्दीलाई कानुन मन्त्रीमा नियुक्त गरिएको स्रोतले जानकारी दियो ।
“बन्दी” गैरसांसद हुन् । उनी नेपालकाे संविधान २०७२ अनुसार ६ महिना मन्त्री बन्ने छन। बन्दीलाई राष्ट्रिय सभामा रिक्त एक सिटमा मनाेनित गर्न समेत नेपालले दबाब दिदै आएका छन।
अधिवक्ता गोविन्द बन्दी परमादेश सरकार बनाउन र नेपाल बार एशाेसियसनकाे आन्दाेलन र बार निर्वाचनमा गठबन्धन दलका उम्मेदवारहरूलाई विजयी गराउन महत्वपूर्ण भूमिका खेलेकाले पनि तीनवटै दलकाे सहमतिमा कानून मन्त्री बनाइएकाे राजनीतिक विश्लेषकहरूले दाबी गर्दै आएका छन ।
कानून मन्त्री दिलेन्द्र प्रसाद बडुलालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकाे जिम्मेवारी दिइएकाे छ । लामाे समयपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्री नियुक्ति हुन सकेकाे थिएन ।
संविधानको धारा ७८ (१) अनुसार, प्रधानमन्त्रीको सिफारिसमा गैरसांसदलाई राष्ट्रपतिले मन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ । तर, यसरी नियुक्त भएको मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता लिनुपर्छ । अन्यथा मन्त्री पद स्वत खारेज हुने व्यवस्था संविधानमा रहेकाे छ ।
सम्बन्धित समाचार यो पनि पढ्नुहोस
बहिनी ज्वाई पोखरेललाई राजदूत बनाउन माधव नेपालको दबाब
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












