गभर्नर निलम्वन प्रकरणः अर्थमन्त्री शर्माका नातेदार न्यायधीश भण्डारीको नेतृत्वमा जाँजबुज समिति गठन
अर्थमन्त्री फेर्न दबाब परिरहेका बेला विषयान्तर गर्न गभर्नरमाथी प्रहार
काठमाडौं । सरकारले गभर्नर निलम्वन जाँचबुझ समितिमा अर्थ मन्त्री जनार्दन शर्माका नातेदार सर्वोच्चका पुर्वन्यायधिश पुरुषोतम भण्डारीको नेतृत्वमा गठन गरेको छ ।
गभर्नर बर्खास्त गर्नुअघि नेपाल राष्ट्र बैंक ऐनकाे दफा २३ काे १ अनुसार सर्वोच्च अदालतबाट अवकाशप्राप्त न्यायाधीशमध्येबाट सरकारले तोकेको व्यक्ति अध्यक्ष र आर्थिक मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य तथा व्यवस्थापन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुमध्येबाट सरकारले तोकेको २ जना व्यक्ति सदस्य रहने व्यवस्था छ ।
अर्थमन्त्री शर्माले नातेदार विवादिद छविका सर्वोच्चका पुर्वन्यायधिश पुरुषोतम भण्डारीको नेतृत्वमा छानविन समिती बनाएका हुन।
अर्थ मन्त्री शर्माका रुकुमका र जाजरकोटका भण्डारीका हजुरआमाहरु साखै दिदीवहिनी हुन् । भण्डारी जिल्ला न्यायधिशदेखी नै विवादिद छविका व्यक्ति हुन ।
पुर्वप्रधानन्यायधिश शुशिला कार्कीले न्यायधिश भण्डारीलाई सिनियर हुदा पनि विवादित भएकै कारण सर्वोच्चमा नल्याएर लामो समय उच्च अदालतमा बस्नु परेको थियो । भण्डारी माओवादीको सिफारिसमा सर्वोच्चका न्यायधिश भएका थिए ।
मुलुकलाई आर्थिक संकटबाट रोक्न पटक पटक लिखित र मौखिक सुझाव दिँदै आएका अधिकारीलाई अर्थ मन्त्रालयले निलम्बनको पत्र थमाएर डेपुटी गभर्नर निलम ढुंगानालाई कामु जिम्मा दिएको छ ।
मन्त्रिपरिषद्को बिहीबारकै बैठकको निर्णयमा निलम्बनको ब्यहोरा मिलाइएको स्रोतले जनाएको छ । बैठकले उनीमाथि छानबिनको निर्णय गरेको बताइएको छ ।
अधिकारीलाई २०७६ साल चैत २४ मा तत्कालीन केपी ओली सरकारले गभर्नर नियुक्त गरेको थियो ।
सरकार परिवर्तनपछि अर्थमन्त्री बनेका जनार्दन शर्माको अधिकारीसँग सम्वन्ध राम्रो बन्न सकेको थिएन ।
सरकारले आफ्नो अक्षमता ढाकछोप गर्न गभर्नरलाई लिनम्बन गरेर उल्टो बाटो तय गरेको टिप्पणी अर्थ मन्त्रालयकै उच्च अधिकारीहरुले गरेका छन् ।
गभर्नर अधिकरीले पटकपटक अर्थ मन्त्रालयलाई सम्भावित संकटबारे जानकारी दिँदै सुधारका उपायहरु समेत सुझाइरहेका थिए ।
एमाले नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले शुक्रवार विहानै ट्वीट गर्दै अर्थमन्त्रीले आफ्नो अक्षमता लुकाउन गभर्नरमाथि हमला गर्न लागेको सूचना चुहाएका थिए ।
प्रधानमन्त्रीमाथि अर्थमन्त्री फेर्न दबाब परिरहेका बेला गभर्नरलाई निलम्बन गरेर विषयान्तर गर्न खोजिएको कतिपयले बताएका छन् । तर यसले अर्थतन्त्र र बजारमा झनै नकारात्मक असर पर्ने आशंका छ । चुनावको मुखमा सरकारले एकपछि अर्को विवादस्पद निर्णय गरेको भन्दै गठबन्धनमै असन्तुष्टी बढ्न थालेको छ ।
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












